Successfully Copied

हङकङको महिला आयोगमा नेपाली चेली

हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छिन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङ्ले गुरुङलाई गत महिना महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । अरुणा २१ सदस्यीय महिला आयोगमा एक्ली विदेशी नागरिक हुन् ।

हङकङको उच्च सरकारी निकाय महिला आयोगमा नेपाली चेली अरुणा गुरुङ नियुक्त भएकी छिन् । हङकङ सरकारको प्रमुख (प्रमुख कार्यकारी) सि वाई ल्योङ्ले गुरुङलाई गत महिना महिला आयोगको सदस्यमा नियुक्त गरेका हुन् । अरुणा २१ सदस्यीय महिला आयोगमा एक्ली विदेशी नागरिक हुन् । उनी २००६ देखि २०१२ सम्म हङकङ सरकारकै जातीय सद्भाव प्रवद्र्धन समितिको पनि सदस्य थिइन् । २०१२ मा हङकङ सरकार ‘चिफ एक्जुकेटिभ कमेन्डेसन अवार्ड’ बाट सम्मानित भएकी थिइन् जुन अवार्ड त्यहाँको सरकारले दिने उच्च सम्मान हो । उनले हङकङमा बसेर त्यहााको सामाजिक कार्यमा गरेको योगदानको कदर गर्दै उक्त सम्मान पाएकी हुन् ।

तीन दशकयता हङकङ बस्दै आएकी करुणा क्याथिया ड्रागन एयरलाइन्सकी ‘इन फ्लाइट सर्भिस म्यानेजर’ तथा हङकङबाट प्रकाशित हुने ‘नेपाल पोस्ट ओभरसिज’ पत्रिकाकी प्रकाशक पनि हुन् । हङकङको गोरखा हाइस्कुलमा अध्ययन गरेकी अरुणाले त्यसपछि पोखराको पृथ्वीनारायण तथा काठमाडौंको पद्म कन्या क्याम्पसबाट स्नातक अध्ययन गरेकी थिइन् भने वीरगंजमा भएको तेस्रो राष्ट्रिय खेलकुदमा पाँच हजार मिटर दौडमा कांस्य पदक जितेकी थिइन् ।

 Image