डा. वीणा पौड्याललाई अन्तर्राष्ट्रिय साहित्य पुरस्कार
नेपाली साहित्य, कला र संस्कृतिमा योगदान पु¥याएका कारण संस्कृतिविद् तथा लेखक प्रा. डा. वीणा पौड्याललाई ‘कलिङ्ग अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’ प्रदान गरिएको हो ।
भावना घिमिरे नेपाल क्रिकेट संघकी प्रथम सिइओ हुन् । महिला अफिसरका रूपमा पुरुष प्रधान भनेर चिनिने क्रिकेट जगत्मा उदाहरणीय बनेकी भावनाले सन् २००६ मा वेल्स विश्वविद्यालयबाट बिजनेस एडमिनिस्ट्रेसनमा मास्टर्स डिग्री गरेकी छिन् । लन्डनस्थित पन्जाब राष्ट्रिय बैंक, बहराइनस्थित सम्पत्ति व्यवस्थापन कम्पनी, इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिग आदि विभिन्न काममा संलग्न हुँदै सन् २०१४ को अक्टोबरमा नेपाल क्रिकेट संघकी प्रथम सिइओ भएकी भावना अहिले नेपालमा क्रिकेटको उत्थानका लागि खोलिएको ब्याट एन्ड बल फाउन्डेसनकी कार्यकारी निर्देशक भएकी छिन् ।
फाउन्डेसनले आधारभूत तहमा क्रिकेटको विकासका लागि काम गर्ने घिमिरेको भनाइ छ । यही फाउन्डेसनमार्फत गत महिना चर्चित कोच डेभ ह्वाटमोर नेपाली क्रिकेटरहरूलाई प्रशिक्षण दिन काठमाडौं आए । क्यान निलम्बन भएपछि भावनाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नेपाल प्रतिनिधिका रूपमा समेत काम गरेकी थिइन् ।