डिजिटल माध्यमबाटै स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ : कार्विका थापा
किम्बु टेककी सीईओ कार्विका थापाले डिजिटल माध्यमबाटै स्थानीय उत्पादनहरुको प्रवर्द्धन र बजार विस्तार गर्न सकिने बताएकी छन् ।

सितारलाई पहिलोपटक हात लगाउँदा ओहो मैले सिक्न सकुँला र ? जस्तो लागेको बताउने सीतामैंया अहिले देश–विदेशका सांगीतिक कार्यक्रमहरूमा सितार बजाउन व्यस्त छिन् । सितारवादनप्रतिको रुचिकै कारण सन् २००४ मा भारतीय राजदूतावासबाट छात्रवृत्ति पाएर संगीतमा स्नातक गरेकी सीतामैंया संगीतलाई रहर मात्र नभई साधनाका रूपमा लिएर अघि बढिन् ।
हालसालै अमेरिकाका थुप्रै सहरमा सितारवादन प्रस्तुत गरेर फर्किएकी सीतामैंया त्यहाँ संगीतज्ञहरूको आदर–सम्मान देखेर छक्क परिन् । पुन: कार्यक्रमका लागि अमेरिका जाने तरखरमा रहेकी सीतामैंया संगीतमा मनलाई आनन्द दिने तथा हरेक रोग निको पार्ने क्षमता भएको दाबी गर्छिन् । उनी म्युजिक थेरापीबाट मानिसको टेन्सन कम गर्ने प्रयासमा पनि जुटेकी छिन् भने सितारको सोलो एल्बम निकाल्ने तयारी पनि गर्दैछिन् ।