Successfully Copied

गोल मेसिन सावित्रा

सन् २०१४ मा इस्लामावादमा सम्पन्न तेस्रो साफ वुमेन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी सावित्रा भण्डारीले एक–दुईपल्ट बल छोएलगत्तै गोल गरिन् । त्यसयता निरन्तर नेपाली महिला फुटबलमा क्रियाशील भण्डारी अहिले नेपालको मुख्य फरवार्ड भएकी छिन् ।

सन् २०१४ मा इस्लामावादमा सम्पन्न तेस्रो साफ वुमेन्स च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी सावित्रा भण्डारीले एक–दुईपल्ट बल छोएलगत्तै गोल गरिन् । त्यसयता निरन्तर नेपाली महिला फुटबलमा क्रियाशील भण्डारी अहिले नेपालको मुख्य फरवार्ड भएकी छिन् । गत महिना भारतको सिलीगुडीमा सम्पन्न चौथो साफ वुमेन्स च्याम्पियनसिपमा उनले व्यक्तिगत गोल संख्या १२ पुर्‍याएर कीर्तिमान नै खडा गरिन् । साफ च्याम्पियन बन्ने नेपाली सपना सेमिफाइनलमै तुहिए पनि २० वर्षीया सावित्रा भने गोल मेसिनका रूपमा स्थापित भइन् ।

कुल १६ अन्तर्राष्ट्रिय गोल गरेकी भण्डारीले राष्ट्रिय टिमबाट १५ क्याप जितेकी छिन् । दुवै खुट्टाले बल प्रहार गर्न तथा पावर गेम खेल्नसक्ने उनको स्तर निरन्तर बढ्दो छ । सिम्पानी–७, लमजुङका थमबहादुर र मुन्नामाया भण्डारीका ६ सन्तानमध्येकी सावित्रा २०७२ फागुनयता एपीएफ क्लबसँग आबद्ध छिन् । ५ फिट ४ इन्च अग्ली भण्डारी प्रधानसेनापति कपमा एपीएफ दुईपल्ट च्याम्पियन हुँदाकी मुख्य खेलाडी हुन् । गएको कात्तिकमा एपीएफ च्याम्पियन हुँदा उनी सर्वोत्कृष्ट खेलाडी एवं सर्वाधिक गोलकर्ता घोषित भइन् । भण्डारीले पश्चिमाञ्चलविरुद्ध समूह चरणमा १० गोलसहित प्रतियोगितामा कुल १३ गोल गरेकी थिइन् । 

 Image