Successfully Copied

संघर्षकी पर्याय चौधरी

सानै उमेरमै राजधानीको एक राणा परिवारमा कमलरी बसेकी दाङ देउखुरीकी उर्मिला चौधरीको जीवन संघर्षमय एवं कष्टकर छ । आफ्नै उमेरका साथीहरू विद्यालय जाँदा मालिक–मालिक्नी तथा उनीहरूका छोराछोरीको सेवामा अहोरात्र खटिन विवश भइन् चौधरी ।

सानै उमेरमै राजधानीको एक राणा परिवारमा कमलरी बसेकी दाङ देउखुरीकी उर्मिला चौधरीको जीवन संघर्षमय एवं कष्टकर छ । आफ्नै उमेरका साथीहरू विद्यालय जाँदा मालिक–मालिक्नी तथा उनीहरूका छोराछोरीको सेवामा अहोरात्र खटिन विवश भइन् चौधरी । पढाइदिने सर्तमा ल्याइएकी भए पनि उनी मालिक–मालिक्नीका छोराछोरी पुर्‍याउन–लिन जाँदा मात्र विद्यालय देख्न पाउँथिन् ।  

समय फेरियो । उर्मिला उक्त घरबाट मुक्त भइन् । सुकुम्बासी आन्दोलनका क्रममा धर्ना दिन आएका दाजुलाई टेलिभिजनमा देखेपछि मालिकको घरमा भोक हड्ताल गरेर दाजुसँग भेट गरी मुक्त भएकी चौधरीले २०६३ सालमा १६ वर्षको उमेरमा अध्ययन सुरु गरिन् भने अहिले स्नातक तह अध्ययनरत छिन्।

आफ्नो मुक्तिपछि आफूजस्तै कमलरीहरूलाई मुक्त गराउने आन्दोलनको नेतृत्व गर्न थालेकी उर्मिला पछि मुक्त कमलरी मञ्चको अध्यक्षसमेत भइन् । मुक्त भएपछि उनले गरेको संघर्ष र मेहनतका कुराहरू समेटेर तयार गरिएको ‘उर्मिला माई मेमोरी माई पावर’ चलचित्रले यो वर्षको अन्तर्राष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) मा प्रथम भै एक हजार डलर पुरस्कार प्राप्त गर्‍यो । उक्त पुरस्कारसँगै उर्मिला कमलरी नेतृ मात्र होइन देशकै एक सशक्त आन्दोलनकी नायिकासमेत भएकी छिन् । 

 Image