ढाका बिषेसज्ञ लिम्बुलाई अभियान श्री सम्मान
ढाका बिषेसज्ञ कल्पना योङहाङ लिम्बु अमेरिकामा ‘अभियान श्री सम्मान–२०७६’ बाट सम्मानित भएकी छिन ।सान फ्रान्सिस्को बे एरियामा सम्पन्न ‘चौथो ग्लोबल नेपाली फिल्म अवार्ड’मा उनलाई सम्मान प्रदान गरिएको थियो ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले अस्ट्रेलियाको बिग बास क्लबमा प्रशिक्षण लिने अवसर जुराएकी छिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) तथा क्रिकेट अस्ट्रेलियाको पहलमा अस्ट्रेलिया जान लागेकी रुविना वुमन्स बिग बास लिग–२ का लागि एसोसिएट क्रिकेट खेल्ने राष्ट्रबाट छानिएका ८ खेलाडीमध्ये एक हुन् ।
बिग बास विश्वकै सबैभन्दा ठूलो लिग हो । एसोसिएट राष्ट्रका प्रतिभाशाली खेलाडीहरूको प्रतिभा प्रस्फुटित गर्ने उद्देश्यले आईसीसी तथा क्रिकेट अस्ट्रेलियाले गत वर्षदेखि सञ्चालनमा ल्याएको यो कार्यक्रमअन्तर्गत यी खेलाडीहरूले बिग बासका टिमहरूसँग दुईहप्ते अभ्यास गर्नेछन् भने बिग बासमा अनुबन्धित खेलाडी घाइते भएको अवस्थामा एसोसिएटका यी खेलाडीहरूले अवसर पाउने आईसीसीले जनाएको छ ।