Successfully Copied

नेपालकै प्रतिष्ठित इम्ब्रियोलोजिस्ट प्रीति

नेपालकै प्रतिष्ठित इम्ब्रियोलोजिस्ट प्रीति विष्ट सरोगेसी र फर्टिलिटी सोलुसनका लागि अहोरात्र खट्ने सक्रिय र सफल युवती हुन् ।

नेपालकै प्रतिष्ठित इम्ब्रियोलोजिस्ट प्रीति विष्ट सरोगेसी र फर्टिलिटी सोलुसनका लागि अहोरात्र खट्ने  सक्रिय र सफल युवती हुन् । नि:सन्तानका लागि उनको परामर्श नेपाली महिला तथा पुरुषमा उपयोगी र सकारात्मक साबित भएको पनि छ । सन् २०१४ देखि स्वदेशी तथा विदेशी भूमिमा प्रयोगात्मक तवरले सक्रिय भई काम गर्ने प्रीति हाल नेपालमा एन्जल फर्टिलिटी नामक संस्थामा सिइओ भएर काम गर्छिन् । विष्ट फर्टिलिटीसँग सम्बन्धित अन्य थुप्रै संस्थासँग आबद्ध भई निरन्तर सेवामा लागिपर्ने कुशल र दक्ष युवतीको परिचय दिने सफल व्यक्तित्व हुन्–प्रीति विष्ट ।

काडमाडौंको भिएस निकेतनबाट विज्ञान विषयमा प्लस टु पूरा गरेकी प्रीतिले क्लिनिकल इम्ब्रियोलिजिस्टको शिक्षा न्यू दिल्ली र  सिंगापुरबाट प्राप्त गरेकी हुन् । यसैगरी पोखरा विश्वविद्यालय र अमेरिकाको क्यालिर्फोनिया युनिभर्सिटीबाट मास्टर डिग्री पूरा गरेकी प्रीति नि:सन्तानको उपचारमा अहोरात्र खट्ने नेपालमा  सबैभन्दा सानो उमेरकी महिलामा गनिन्छिन् । २४ वर्षको उमेरमै विष्टले क्लिनिकल इम्ब्रियोलोजिस्टका रूपमा चर्चा कमाएकी छिन् । नेपालमा अहिले ३ देखि ४ जना मात्र यस क्षेत्रमा छन् । जसमध्ये सबैभन्दा सानो उमेरमै इन्टरनेसनल सरोगेसीमा आबद्ध एक मात्र महिला हुन्–प्रीति विष्ट ।

नि:सन्तान परामर्श र क्लिनिकल सेवा :

हाल प्रीति एन्जल फर्टिलिटी सिइओ भएर  नेपाली महिलाहरूका लागि टेस्ट्युब बेबी र कुनै पनि खालको नि:सन्तानपनका बारेमा उपचार गर्ने तथा परामर्शदाताका रूपमा काम गर्छिन् । यहाँ ट्रिटमेन्टसहित काउन्सिलिङ हुन्छ । नेपालमा बाँझोपन हुनुको कारण बताउँदै उनी भन्छिन्–‘धेरै महिलालाई सिस्ट  र ट्युब ब्लकेडको समस्या छ । तर महिला र पुरुषमा  उतिक्कै बाझोपनको समस्या देखिएको छ।  बाँझोपनको कारण रक्सी–चुरोट र साइकोलोजिकल समस्यासमेत नेपालीहरूमा भेटिएको छ । अहिलेको ट्रेण्डमा धेरै महिला र पुरुषमा जेनेटिक कारण भन्दा जंकफुड र केमिकल खाद्यपदार्थका कारण यस्तो समस्या देखापरेको विष्टको दाबी छ । यसैगरी महिलाहरूमा  पाठेघरको समस्याले गर्दा पनि नि:सन्तान अर्थात् बाँझोपन  हुने कारण फर्टिलिटीमा विकारल समस्या देखापरेको उनी बताउँछिन् । एन्जल फर्टिलिटीमा एक महिनामा  निसन्तान उपचारका लागि १० देखि १५ जनासम्म मानिस आउँछन् । दिनहुँ   ४ जना सन्तान भएनन् भनेर प्रीतिसँग परामर्श लिन आउने गरेका छन् ।

बस्तुत: महिलाहरूको समस्या र समाधानका लागि अहोरात्र खटिरहेकी प्रीति विष्ट एनआइएफएलसी क्लिनिकल एम्ब्रिोलोजिस्टका रूपमा पुल्चोकस्थित निदान हस्पिटलमा काम पनि गर्छिन् ।यसैगरी माई फर्टिलिटी एन्जल इन्टरनेसनल कम्पनीमार्फत विष्ट सरोगेसी उपचारमा विदेशी भूमिमा पनि खटिरहेकी छिन् । उनी नेपालबाहेक क्लिनिकल्ली उपचारका लागि  युक्रेन, कम्बोडिया र अमेरिकामासमेत पुग्ने गरेकी छिन्  । 

१६ वर्षको उमेरमा फर्मास्युटिकल कम्पनी अध्ययनसँगससँगै करियर सुरु गरेकी प्रीति आफूले नि:सन्तानहरूका लागि काम गर्दा बढी सन्तुष्टि मिलेको र आगामी दिनमा नेपालमा अझ यो सेवालाई कसरी चुस्त बनाउने र अत्याधुनिक प्रविधि भित्र्याउने भने योजनामा छिन् ।

नेपालमा यो टेस्ट्युब बेबी सेवा सुरु भएको १० वर्ष भयो । यो क्षेत्रमा काम गर्ने डाक्टरहरू पनि औंलामा गन्न सकिने मात्र छन् । नेपालमा फर्टिलिटी सेवामा खासै विकास नभएकाले सम्भावना धेरै भएको प्रीतिले जानकारी दिइन् ।  

डा. भोला रिजालले यो नि:सन्तानका बारेमा उपचार गरेको बीसौं वर्ष भइसक्दा पनि  अझ इम्ब्रियोलोजिस्टका रूपमा नेपालमा आवश्यक दक्ष जनशक्ति नभएको प्रीति गुनासो पोख्छिन् ।

नि:सन्तान उपचार भनेको शतप्रतिशत सफल नहुने उपचार हो । यो महँगो पनि छ । विदेशी औषधि प्रयोग गर्नुपर्ने भएकाले उपचार महँगो मात्र नभई धेरै महिला–पुरुष यो विषयमा जानकार नभएका कारण परामर्शका रूपमा पनि प्रीति सक्दो नि:शुल्क सेवा प्रदान गर्छिन् । नेपालमा सीमित मात्रामा क्लिनिकल ट्रिटमेन्टका सेवाहरू भएकाले कमजोर आर्थिक अवस्था हुनेहरूका लागि सरकारले नियम बनाएर सहुलियत बनाइदिने हो भने धेरै राहत हुने प्रीतिको ठहर छ ।

 Image