Successfully Copied

लीलाको लगाव

युरोपियन मुलुकको संसदसम्म पुग्ने प्रथम नेपाली महिला लीला हाल बेल्जियम–यशिया फोरमको अध्यक्ष्य पद सम्हाल्नुका साथै युरोपियन कम्पनीका कार्यरत छिन् । संस्था मार्फत उनी यशियन संस्कृतिको जर्गेना तथा मानवको बांच्न पाउने अधिकार बारे वकालत गरिरहेकी उनले सन् २०११ मा गैरआवासिय नेपाली संघको कार्यभार

बेल्जियमको संसदमा चुनावमा भाग लिइ ३ हजार भोट ल्याएकी लीला शर्मा मानान्धर युरोपियन मुलुकका लागी बौद्धिक तथा कुटनितीज्ञ मानिन्छिन् । युरोपियन मुलुकको संसदसम्म पुग्ने प्रथम नेपाली महिला लीला नेपाल हुंदा १२ बर्ष सोल्टी होटल तथा लामो समय गैरसरकारी संस्थामा समेत काम गरिन् । १२ बर्ष देखी बेल्जियममा बसोबास गरिरहेकी लीला हाल बेल्जियम–यशिया फोरमको अध्यक्ष्य पद सम्हाल्नुका साथै युरोपियन कम्पनीका कार्यरत छिन् । संस्था मार्फत उनी यशियन संस्कृतिको जर्गेना तथा मानवको बांच्न पाउने अधिकार बारे वकालत गरिरहेकी उनले सन् २०११ मा गैरआवासिय नेपाली संघको कार्यभार सम्हाल्दा एक नेपाली एक युरोको अवधारणा ल्याएकी हुन् । लीला भन्छिन्– महिलालाइ आर्थिक रुपमा सवल बनाउंन सक्ने हो भने धेरै हदसम्म बिबिध खाले हिंसा न्युनीकरण हुदै जान्छन् तसर्थ मैले एक नेपाली एक युरोको कन्सेप्ट ल्याएकी हुं । यसलाइ बिभिन्न मुलुकमा फैलाउन सपिला राजभण्डारी तथा रजनी प्रधानको अतुलनीय योगदान र भुमिका छ ।

त्रि.वि.बाट राजनितीशास्त्रमा स्नातकोत्तर लिला बेल्जियमको सिडी एण्ड बि पार्टी अन्तर्गत रही महिलाले अवसर पाएको खण्डमा आफुलाइ अब्बल सावित गर्न सक्छन् भन्ने प्रमाणित गरिरहेकी छिन् । उनले शुरुवात गरेको एक नेपाली एक युरो अभियानले आज नेपालका ग्रामीण भेगमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ भने सीप बिकाश र महिलालाइ आर्थिक शसक्तिकरणका क्षेत्रमा बिशेष भुमिका खलिरहेको छ । यदि महिलालाइ सवल र सक्षम बनाउने हो भने राजनितीक रुपमा बिभाजित नभइ महिलाका मुद्धामा ऐक्यबद्ध ढंगले अगाडी बढ्नु जरुरी छ भन्दै लीलाले भनिन्– राजनैतिक रुपमा बिभाजित नभइ महिलाका मुद्धामा हरेक दल, तह र तप्काका हामी एउटै टेवलमा आउन सक्ने हो भने हामीलाइ कसैले जीत्न सक्दैन् । 

 

 Image