Successfully Copied

सेलिब्रेटी प्रिन्सिपल

दृढता छ भने सफलता ढिलोचाँडो हात लाग्छ नै । यसकै एक उदाहरण हुन् एन्जल मन्टेश्वरी एण्ड प्रिस्कुलकी प्रिन्सिपल अनु राई । स्नातकोत्तर गर्दागर्दै पढाइ छाडेर विद्यालय संचालन गरेकी अनु सानैदेखि बालबालिकाको

दृढता छ भने सफलता ढिलोचाँडो हात लाग्छ नै । यसकै एक उदाहरण हुन् एन्जल मन्टेश्वरी एण्ड प्रिस्कुलकी प्रिन्सिपल अनु राई । स्नातकोत्तर गर्दागर्दै  पढाइ छाडेर विद्यालय संचालन गरेकी अनु सानैदेखि बालबालिकाको  रेखदेख तथा उनीहरूको भविष्यका बारेमा सोच्थिन् । यही इच्छाले उनलाई मन्टेश्वरी सञ्चालन गर्ने हिम्मत प्रदान गर्‍यो । काठमाडौ लाजिम्पाटमा हुर्किएकी अनु विवाहपश्चात्  दार्जिलिङ पुगे पनि सन् २०१० देखि काठमाडौं फर्किएर धापासीमा आफंैले खोलेको  एन्जल मन्टेश्वरीमा खटिरहेकी छिन् । शिक्षा क्षेत्रमा सम्भावना देख्ने अनु बालबालिकाहरूको सफलतालाई नै आफ्नो भविष्य देख्न थालेकी छन् । अनु भन्छिन्, बालबालिका हाम्रा भविष्य हुन् । मलाई साना नानीहरू सँग हँुदा आफू प्रिन्सिपल हुँ भन्ने नै लाग्दैन ।’

मन्टेश्वरी पढाइ विश्वमै एक नम्बरमा गनिन्छ । मन्टेश्वरीको अवधारणा अनुसारको वातावरण, सिकाइ तथा शिक्षणविधीले गर्दा अनुको प्रयास र मेहनतका कारण धेरै अभिभावकको मन तानिएको छ । अनुले यहाँका शिक्षकहरूलाई आफू प्रिन्सिपल हुँ भन्ने खालको रुखो व्यवहार नगरेका कारण पारिवारिक वातावरणमा विद्यार्थी, शिक्षक तथा सहयोगीहरू आआफ्ना काममा लागेका देखिन्छन् । विद्यालयको वातावरण पनि ठ्याक्कै मारिया मन्टेश्वरीको अवधारणा अनुरूप होस् भन्ने कुरामा अनुले सजगता अपनाएकी छिन् । मन्टेश्वरीको आफ्नै मिनी जु, स्विमिङ पुल तथा मन्टेश्वरी ल्याव छ । बेलाबेलामा विदेशबाट पनि स्वयंसेवी शिक्षकहरू आउने गर्छन् । रोचक पक्ष के भने, यहाँ सिकाउनेभन्दा पनि सिक्न आउनेको संख्या धेरै हुने अनु बताउँछिन् । निरन्तरको मेहनत, दृढता एवं सकारात्मक सोचले मानिसलाई सामान्यभन्दा माथि पुर्‍याउँछ । कर्मद्वारा स्कुलका प्रिन्सिपल वा एक शिक्षक सफल सेलिब्रटी पनि हुन सक्छन् । प्रिन्सिपल अनुको मेहनत र प्रयास हेर्दा उनी मन्टेश्वरी शिक्षणमा भिजेकी सेलिब्रेटी प्रिन्सिपल हुन् भन्दा फरक नपर्ला ।

 Image