प्रगति पथमा महिलाको अग्रसरता
(कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित 'निर्भीक नारी' कार्यक्रममा नारी सम्पादक घिमिरेले राखेको मन्तव्यको संपादित अंश)

काठमाडौं मूलपानीकी स्थायी बासिन्दा सम्झना फुयाँल भाइटल भ्वाइसेज नामक अमेरिकी संस्थाले विश्वका १४३ राष्ट्रबाट छनोट गरेका ७३ जना इमर्जिङ वुमन लिडरहरूमध्ये एक हुन् । उनी हाल यौन दुव्र्यवहारविरुद्ध काम गरिरहेकी छिन् । ८ वर्षदेखि यो क्षेत्रमा काम गरिरहेकी सम्झना हाल ‘सोसियल इम्पावरमेन्ट बाइ इम्पावरिङ वुमन’ नामक संस्थामा आबद्ध छिन् । यो संस्थाले गएको नारी दिवसदेखि साँखु वस व्यवसायी संघसँग मिलेर महिला यातायात (पिंक बस) संचालनमा ल्याएको छ । उक्त संस्थाले महिलाविरुद्ध हुने दुव्र्यवहार धेरै हदसम्म कम गराउने सम्झनाको दाबी छ । उनको संस्थाले गत सेप्टेम्बरमा सेफ सिटी इन्डियासँग मिलेर स्ट्रिट ह्यारेसमेन्टविरुद्ध क्याम्पेन पनि चलाएको थियो । सडकमा पैदल वा स्कुटीमा हिँड्दा, मोटरसाइकल, बस, माइक्रो आदिका चालकले पनि महिलाहरूलाई पीडा दिइरहेका हुन्छन् । बसमा त जानाजान महिलामाथि दुव्र्यवहार हुन्छ । यसलाई कम गर्न अभियान चलाउँदै आएकी सम्झना भन्छिन्, ‘महिलाविरुद्धको यो अभियानलाई निरन्तरता दिन संस्थाले छिट्टै चक्रपथ रुटमा पनि महिला बस संचालनमा ल्याउनेछ भने यो अभियानपछि मोफसलमा पनि बिस्तार गर्ने योजना छ ।’