टिनएजरहरूलाई अन्तर्राष्ट्रिय उपलब्धि
असार ११ गतेदेखि असार १६ गतेसम्म सिंगापुरमा सञ्चालित एसिया प्यासिफिक ब्युटी, फेसन एन्ड फ्रेन्डसिप फेस्टिभल–२०१९ मा सहभागी नेपाली किशोर–किशोरीहरूले विभिन्न पुरस्कार प्राप्त गरेका छन् ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2019/entertainment/teen-eag-12072019020505.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2019/entertainment/teen-eag-12072019020505.jpg&w=1000&height=600)
गायनमा सुनीता
विगत ८ वर्षदेखि अस्ट्रेलिया बसिरहेकी नर्स सुनीता भैल मेलवर्नको हस्पिटलमा इन्डोस्कोपी डिपार्टमेन्टको संयोजक तथा इन्चार्जका रूपमा व्यस्त छिन् । हप्तामा तीन दिन छुट्टी पाउने भैल दुई दिन सांगीतिक कार्यक्रमहरूमा व्यस्त हुन्छिन् । जस्ट फायर नामक ब्यान्डमा गायिकाका रूपमा गीत गाइरहेकी सुनीतासँग २ जना भारतीय म्युजिसियन छन् । नेपालबाट गएका धेरै गायकहरूसँग कन्सर्टमा गीत गाइसकेकी सुनीताले क्रान्ति आले, निमा रुम्बा, राजु लामा, दीप श्रेष्ठ तथा उदितनारायण झासँग पनि गीत गाइसकेकी छिन् । सुनीता इन्डियन कम्युनिटीमाझ लोकप्रिय छिन् । भर्खरै मुम्बईमा लक्ष्मीकान्त प्यारेलाल एभर ग्रिन हिट्स कन्सर्टमा जोली मुखर्जी तथा महमुद अजिजसँग गीत गाएकी सुनीतालाई प्यारेलाल आफैले मुम्बई बोलाएका हुन् । जोली मुखर्जीको म्युजिकल ड्रामाका लागि महिलाको स्वर उनले रेकर्ड गराइसकेकी छिन् । सुनीता मुम्बईमा पाश्र्वगायिकाका रूपमा आफूलाई स्थापित गर्ने प्रयासमा छिन् ।