मीठो बोलेर होस् वा आफूसक्दो केही दिएर सबैलाई सुखानुभूति दिलाउन तथा सहयोग गर्न सक्नुपर्छ भन्ने भावना बोकेकी रश्मि ओझा अमेरिकास्थित डगलस काउन्टी अस्पतालमा कार्यरत साइक्याटिक डाक्टर हुन् । रश्मिले कन्या माध्यमिक विद्यालयबाट एसएलसी एवं फिलिपिन्सको साउथ वेस्टर्न युनिभर्सिटीबाट एमबीबीएसको अध्ययन पूरा गरेकी छिन् । उनी सानैदेखि कविता लेख्न, नाटक खेल्न, वक्तृत्वकला तथा निबन्ध प्रतियोगितामा अब्बल थिइन् । विवाहलगत्तै सन् २००४ मा अमेरिका पुगेकी ओझाले त्यहीँको युनिभर्सिटी अफ नेब्रास्काबाट चार वर्षे साइक्याटिक कोर्स पूरा गरिन् । अध्ययनपछि डगलस काउन्टी सरकारी अस्पतालमा काम गर्न पुगेकी रश्मि कामप्रतिको इमान्दारिता तथा जुनसुकै कामको सम्मान गर्ने त्यहाँको सिस्टम निक्कै मनपर्ने बताउँछिन् । ओझा भन्छिन्-'हामीकहाँ मानसिक समस्या भएकाहरूलाई पागल भनेर दुव्र्यवहार गरिन्छ तर अमेरिकामा बिरामीलाई सम्मान गर्नु डाक्टरको कर्तव्य मानिन्छ ।' डा. नवीन सापकोटासँग वैवाहिक जीवनमा बाँधिएकी रश्मिका दुई छोरा छन् । टिमवर्कमा विश्वास गर्ने रश्मि भविष्यमा आफ्नो विशेषज्ञ सेवा नेपालमै समर्पित गर्ने कुरा बताउँछिन् ।
साहित्य र सौन्दर्यको मिश्रण सीता
भद्र, ज्ञानी एवं शान्त स्वभावकी सीता अर्याल जस्तोसुकै परिस्थितिमा पनि हरेस नखाई आत्मविश्वासका साथ अघि बढ्न कटिबद्ध छिन् । डाक्टर बन्ने सपना बुनेकी उनको विवाह सानै उमेरमा भयो जसले गर्दा उनले पढाइलाई निरन्तरता दिन सकिनन् । उनी विवाहपछि सौन्दर्य तालिम लिएर मोनलिसा नामक पार्लर संचालनमा ल्याइन् । उनी फेसियल विशेषज्ञ एवं प्रशिक्षक पनि हुन् । सीता असहाय तथा गरिव दिदीबहिनीहरूलाई निशुल्क तालिम प्रदान गर्छिन् । विभिन्न संस्थाहरूमा आवद्ध उनी २०७० मा नवनारी सम्मानबाट सम्मानित भइन् । सौन्दर्य तथा साहित्य दुवै विधामा समानान्तर रूपमा अघि बढाइरहेकी छिन् । वि.सं. २०५७ मा नफकि्रएका फुलहरू नामक कथासंग्रह प्रकाशित गरेकी उनी कविता पनि कोर्छिन् । दुई सन्तानकी आमा उनी स्वव्यवसायका अतिरिक्त स्नातकोत्तर अध्ययनरत छिन् । सीता नेपाल क्योकोसिन कराँते संघकी कोषाध्यक्ष समेत हुन् ।
शिक्षामा रूपा
इलाहाबादमा जन्मिएकी रूपा कार्कीको स्नातकसम्मको अध्ययन भारतमै भयो । नेपालीसँगको विवाहपछि नेपाल आएकी उनी विवाहलगत्तै श्रीमान्सँग अमेरिका लागिन् । त्यहाँ उनले बालमैत्रीसम्बन्धी विविध तालिम लिइन् भने केही समय पि्र-स्कुलमा अध्यापन गरिन् । नेपालमै केही गर्ने सोच बनाएर रूपा नेपाल फर्किन् र भ्याली भ्यु स्कुलमा मन्टेश्वरी को-ओडिनेटरका रूपमा काम गरिन् । अहिले उनी लाजिम्पाटस्थित आफ्नै स्कुल चन्द्रतारामा पि्रन्सिपल छिन् । समय-समयमा उनी विभिन्न तालिम पनि दिन्छिन् । निकै आकर्षक व्यक्तित्वकी धनी रूपा ४० वर्षे उमेरमा पनि तन्नेरी जोसका साथ काममा व्यस्त छिन् । बाल शिक्षामै जीवन अर्पण गर्ने सोच पालेकी रूपा पाक कलामा पनि उत्तिकै निपुण छिन् ।