Successfully Copied

निर्मातृ पूनम

नारी कथामा केन्दि्रत चलचित्र 'अझै पनि' बाट चलचित्र निर्माण यात्रा प्रारम्भ गरेकी पूनम क्षेत्री गौतम बहुप्रतिभाकी धनी छिन् ।

नारी कथामा केन्दि्रत चलचित्र 'अझै पनि' बाट चलचित्र निर्माण यात्रा प्रारम्भ गरेकी पूनम क्षेत्री गौतम बहुप्रतिभाकी धनी छिन् । ३२ वर्षीया पूनमले स्नातकसम्मको अध्ययन पूरा गरेकी छिन् । शिक्षित परिवारमा जन्मिएकी गौतम परिवारकी प्यारी छोरी हुन् । उनी सदैव सिर्जनशील काम गर्न उत्साह दिने आफ्ना शिक्षक बुवालाई आफ्नो प्रेरणा मान्छिन् । गौतम निर्मातृका अतिरिक्त ड्रेस डिजाइनर तथा ब्युटिसियनका रुपमा सक्रिय छिन् । हक्की स्वभावकी पूनम नेपाली चलचित्र उद्योगमा केही नयाँ काम गर्ने सोचका साथ प्रवेश गरेकी हुन् । दुई छोरीकी आमा पूनम जीवनलाई अनुभवको यात्रा भन्न रुचाउँछिन् । फुर्सदमा लङ ड्राइभमा रम्न मन पराउने पूनम गीत सुन्न पनि उत्तिकै रुचि राख्छिन् । नेपाली चलचित्र निर्माणमा महिलाहरूको संख्या बढाउन राज्यले नै पहल गर्नुपर्ने उनको धारणा छ ।

अनाथको सेवामा समर्पित जीवन

सानैमा आमाबुवा गुमाएर अनाथ भएकी गीता गौतमले सामाजिक कार्यमा अतुलनीय योगदान पुर्‍याउँदै आएकी छिन् । उनलाई पूर्वाञ्चलकी मात्र होइन राष्ट्रकै संघर्षशील आमा भन्दा फरक पर्दैन । भारतको जलान्धरस्थित एक अनाथ आश्रममा हुर्किएकी ५९ वर्षीया गीता अनाथहरूको सेवामा अहोरात्र खटिरहेकी छिन् । संयुक्त राष्ट्रसंघ तथा समाज कल्याण परिषद्मार्फत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान पाइसकेकी गीताले २०४१ सालमा ३ जना अनाथ बालबालिका पालेर सुरु गरेको इटहरीस्थित अनाथ आश्रममा अहिलेसम्म २ सय जना अनाथ बालबालिका हुर्किसकेका छन् । गीताले अहिलेसम्म सामाजिक संस्कारअनुसार १८ जना छोरी तथा ३ जना छोराको विवाह गराई घरजम बसाइदिएकी छिन् । २०६३ सालदेखि इटहरी नगरपालिका, मुठी दान एवं विभिन्न व्यक्तिको सहयोगमा चल्दै आएको आश्रमका लागि जीवनको अन्तिम प्रहरसम्म आफूलाई समर्पित गर्ने गौतमको लक्ष्य छ ।

सौन्दर्य क्षेत्रकी प्रेरणा श्रेया

सानैदेखि सिर्जनशील काममा रुचि राख्ने श्रेया गुरुङको जन्म स्याङ्जामा भएको हो । डिलकुमारी तथा आशबहादुर गुरुङका ४ छोरीमध्ये कान्छी श्रेयाले नेपाल, भारत र हङकङका विभिन्न ब्युटी इन्स्टिच्युटबाट छाला एवं केशसज्जासम्बन्धी तालिम लिएकी छिन् । त्यसपछि ५ वर्ष पार्लर चलाएकी श्रेयाले कोरियन प्रविधि एवं सौन्दर्य प्रसाधनसम्बन्धी उत्पादनका विषयमा दुई वर्षे तालिम लिइन् । हाल ओ टु फेसियल वर्कस् भाटभटेनीकी सञ्चालक श्रेया अक्सिजन फेयिसल प्रविधि नेपाल भित्र्याउने सौन्दर्यविद् हुन् ।

 Image