Successfully Copied

लकडाउनमा बच्चाहरुलाई ब्यस्त राख्ने तरिका 

यस्तो समयमा बच्चाहरुको शारीरिक देखि मानसिक तथा पढाईको बारेमा पनि विचार गरी उनीहरुलाई केही कुराको सिकाई अथवा कुनै कुरामा ब्यस्त राख्नु आवश्यक हुन आउछ बच्चाहरुको शारीरिक र मानसिक स्वस्थताको लागि अभिभावकहरुले यो लकडाउन अवधिमा आफ्ना बच्चाहरुलाई निम्न कुराहरु गराउन सकिन्छ ।

रञ्जना कायश्थ – एकेडेमिक डाइरेक्टर, टड्लर्स इन्टरनेशनल स्कुल

बन्दा बन्दी (लकडाउन) ले गर्दा अहिले बच्चाहरु घरमै भएको अवस्था छ । यस्तो समयमा बच्चाहरुको शारीरिक देखि मानसिक तथा पढाईको बारेमा पनि विचार गरी उनीहरुलाई केही कुराको सिकाई अथवा कुनै कुरामा ब्यस्त राख्नु आवश्यक हुन आउछ बच्चाहरुको शारीरिक र मानसिक स्वस्थताको लागि अभिभावकहरुले यो लकडाउन अवधिमा आफ्ना बच्चाहरुलाई निम्न कुराहरु गराउन सकिन्छ । 

१. योग तथा ब्यायम सिकाउने 

बच्चाहरुलाई योग तथा व्यायम सिकाउने । बच्चाहरुसंगै ध्यान गर्न सकेमा अझ सकारात्मक हुन्छ ।

२. विदेशी भाषा अथवा केही नयाँ कुरा सिक्न प्रेरित गर्ने । 

३. भान्छाको काममा संलग्न गराउने, कुनै परिकार बनाउन सिकाउने (चिया अथवा चाउचाउ भएपनि हुन्छ ।) 

४. घरको सरसफाईमा संलग्न गराउने , आफ्नो लुगा आफै धुन लगाउने । 

५. आर्ट र क्राफ्ट बनाउन लगाउने । 

६. शारीरिक र मानसिक अभ्यासको लागि इन्डोर गेमहरु खेल्न प्रेरित गर्ने ।

७. गीत, कथा, कविता सुनाउने, कविता लेख्न लगाउने । 

८. इन्टरनेटको सकारात्मक प्रयोग गराउने । 

९. आजकाल इन्टरनेटमा विभिन्न सामाग्रीहरु पाइन्छ कथावाचन, चित्रकला, क्राफ्टहरु बनाउने, काराओके गीत गाउने, बच्चाहरुको कोर्स अनुसारको पढाई र अभ्यासहरु पनि अनलाईनबाट गराउन सकिन्छ ।

 

 Image