Successfully Copied

रक्तचापमा व्यायाम

    व्यायामका लागि बिहानको समय प्रभावकारी हुन्छ । व्यायाम गर्नुअघि दुध तथा बिस्कुट खान सकिन्छ । व्यायाम गरेको आधा घन्टापछि ओट्स, अन्डा तथा मल्टिग्रेन ब्रेड खानु उपयुक्त हुन्छ ।      उच्च रक्तचापका बिरामीले कुनै पनि व्यायाम गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ । 

    आफ्नो रक्तचाप धेरै छ भने बिहान र दिउँसो दुईपटक रक्तचाप जाँच गराउनुपर्छ ।

    सन्तुलित आहार, स्वस्थ जीवनशैली, व्यायाम यी तीन कुरा सबैका लागि आवश्यक हुन्छन् । 

    उच्च रक्तचाप भएकाले सबै किसिमका शारीरिक व्यायाम गर्न मिल्छ तर त्यसको लाभ व्यायाम गर्ने तरिका कस्तो छ भन्ने कुरामा निर्भर हुन्छ । 

    एरोबिक, योग, जिम, वेट एक्सरसाइज सबै गर्न सकिन्छ । जुनसुकै व्यायाम गरे पनि व्यायाम बिस्तारै गर्नुपर्छ । 

    जगिङ गर्नुपरे नर्मल जगिङ गर्नुपर्छ । यसैगरी वेट लिफ्टिङ एक्सरसाइज गर्दा कम तौलबाट सुरु गर्नुपर्छ । 

    ट्रेडमिलमा पनि कम स्पिडमा हिड्नुपर्छ । यसका लागि ३–४ को स्पिडबाट सुरु गर्दा उपयुक्त हुन्छ । यसैगरी साइकिलिङ पनि ठिक्कको स्पिडमा गर्नुपर्छ । 

    उच्च रक्तचापका बिरामीका लागि दौड्नुभन्दा हिड्नु फाइदाजनक हुन्छ । बिहान केही समय हिड्नुपर्छ ।

    व्यायामका लागि बिहानको समय प्रभावकारी हुन्छ । व्यायाम गर्नुअघि दुध तथा बिस्कुट खान सकिन्छ । व्यायाम गरेको आधा घन्टापछि ओट्स, अन्डा तथा मल्टिग्रेन ब्रेड खानु उपयुक्त हुन्छ । 

    उच्च रक्तचापका बिरामीले कुनै पनि व्यायाम गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ । 

 

 Image