किन झर्छ केश ?
केश झर्ने तथा टुक्रने प्रमुख कारण केश सुख्खा हुनु हो । केशमा प्रयोग गरिएको कन्डिसनर घामले सुकेपछि पनि केश टुक्रन्छ । केश रंगाउन कमसल केमिकल प्रयोग गर्दा पनि केश टुक्रन्छ । त्यस्तो केमिकलले केशको प्राकृतिक चमकसमेत नष्ट गरिदिन्छ ।

वर्षा मौसममा पानीमा भिजेर काम गर्नेहरूको शरीर पानीका कारण सुन्निने भएकाले खरबुजा, तरबुजाजस्ता पानी धेरै भएका फलफूल कम मात्रामा सेवन गर्नुपर्छ ।
वर्षा मौसममा मौसमी फलफूल आँप–केरा आदि खानुपर्छ ।
यतिबेला पानीको मुहान फोहोर हुने भएकाले पानी दूषित हुन्छ । त्यसैले पानी उमालेर फिल्टर गरेपछि मात्र पिउनुपर्छ ।
छिनमै पानी पर्ने छिनमै घाम लाग्ने भएकाले कीटाणुको वृद्धि तीव्र गतिमा हुन्छ । बाहिर खुला राखिएका खानेकुरा भन्दा तात्तातो खानेकुरा खानुपर्छ ।
सलाद तथा फलफूल सफा पानी तथा आयोडिन पानीले धोएर मात्र खानुपर्छ । यस्ता खानेकुरा बोक्रा ताछेर खानुपर्छ ।
सन्तुलित आहार खानुपर्छ । गेडागुडीको सुप नुन ठिक्क मात्रामा राखेर खान सकिन्छ । यतिबेला लसुन तथा अदुवाको प्रयोग प्रभावकारी हुन्छ ।
खाना नपचे ज्वानो तथा बिरेनुन खान सकिन्छ । ज्वानोबाट क्याल्सियम प्राप्त हुन्छ ।
बालबालिकालाई घरबाट टिफिन पठाउने हो भने लामो समयसम्म टिक्ने सुख्खा खानेकुरा पठाउनु उपयुक्त हुन्छ ।
यो मौसममा दही पनि खान सकिन्छ ।