सौन्दर्य हेरचाह
वर्षामा छालामा अनेकौं समस्या देखापर्छन् । त्यसैले वर्षामा अनुहार तथा हातखुट्टाको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । सम्भव भएसम्म दिनमा एकपटक फेसवास गर्नु उचित हुन्छ ।
काठका सामग्री छन् भने चिसो कपडाले पुछ्नु हुँदैन किनभने काठ फुल्ने र पसागिंने समस्या हुन्छ ।
काठ तथा बेतबाँसका सामग्रीलाई सर्फ पानीमा चोबेको कपडा निचोरेर सुख्खा बनाएपछि मात्र सफा गर्नुपर्छ ।
किचन फर्निचरमा सकेसम्म ६–६ महिनाको अन्तरालमा तारपिनको तेल लगाउनुपर्छ जसले गर्दा कीरा लाग्दैन ।
यस्ता सामग्रीलाई प्रत्यक्ष घामको किरण पर्ने ठाउँभन्दा पनि शीतल तर सुख्खा ठाउँमा राख्नुपर्छ ।
बेतबाँसका फर्निचर किन्नुअघि कीरा लाग्न वा पसागिंनबाट जोगाउन औषधि प्रयोग गरे–नगरेको जाँच गर्नुपर्छ ।
किचन फर्निचरमा पानी पोख्नुहुँदैन, चिसा फलफूल–तरकारी राख्नुहुँदैन जसले गर्दा फर्निचरको रंग तथा काठ बिग्रने समस्या सिर्जना हुन सक्छ ।