फिटनेस
हिजोआज मेसिन वा विभिन्न औषधिको प्रयोगद्वारा तौल घटाउने ट्रेन्ड छ । यद्यपि त्यसो गर्नुभन्दा फिजिकल वर्कआउट गरी पसिना निकालेर शरीरको तौल कम गर्नु स्वास्थ्यवद्र्धक मानिन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2018/health/ninaa-10052018114531.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2018/health/ninaa-10052018114531.jpg&w=1000&height=600)
कुनै पनि कसरत गर्नुअघि चिकित्सकको परामर्श लिनुपर्छ ।
स्वस्थ एवं सन्तुलित खानेकुरा खानुपर्छ ।
कसरतका साथसाथै पर्याप्त आराम तथा निद्रा पनि आवश्यक हुन्छ ।
कसरत गर्ने वातावरण तथा स्थान अनुकूल हुनुपर्छ ।
भारी तौल उठाउनुअघि मांसपेशीलाई सन्तुलित बनाउनुपर्छ ।
आफ्नो शरीर बनाउन राम्रो जिम छनौट गर्नुपर्छ, जहाँ दक्ष ट्रेनरका साथ कसरत गर्न सकिन्छ ।
वर्कआउट सेसनमा स्ट्रेचिङ अवश्य गर्नुपर्छ, यसले मांसपेशी बलियो बनाउँछ ।
कसरतका क्रममा राम्रोसँग श्वास लिनुपर्छ, जसले राम्रो लाभ दिन्छ ।