मानिसको व्यक्तित्वमा निखार ल्याउन केशको महत्वपूर्ण भूमिका हुन्छ । महिला हुन् वा पुरुष दुवैको व्यक्तित्व विकासमा केशले विशेष सहयोग पुर्याउँछ । सुख्खा, कान्तिहीन एवं रुखो केशका कारण सौन्दर्यमा ठूलो धक्का पुग्छ भने मुलायम, चम्किलो एवं लहलहाउँदो केशले सौन्दर्य वृद्धिमा मद्दत गर्छ । 
सौन्दर्यका लागि अनुहार, हातखुट्टा आदि अंगजस्तै केशको स्याहार–सुसारमा पनि ध्यान पुर्याउनुपर्छ । विशेष गरेर केशको ख्याल राखियो भने यसले अझ बढी सुन्दर बन्न सहयोग गर्छ । केशको सुन्दरताले व्यक्तित्वमा समेत सकारात्मक भाव सिर्जना गर्न सक्छ ।
केशले सामान्य मानिसलाई पनि आकर्षक देखाउँछ । सौन्दर्यमा अहम् भूमिका खेल्ने केशलाई झट्ट हेर्दा चम्किलो तथा मुलायम बनाउनुका साथै केश झर्नबाट रोक्न उचित स्याहार आवश्यक छ । जसरी एउटा बिरुवा सपार्न मलजलको व्यवस्था गर्नुपर्छ त्यस्तै प्रकारले केशको स्याहारका लागि हेयर ट्रिटमेन्टको ठूलो भूमिका हुन्छ । 
सुन्दर केशका लागि 
१५–१५ दिनमा केश ट्रिटमेन्ट गराउनुका साथै स्टिम लिने । 
केश नुहाउनुअघि तेलले मसाज गर्ने । 
महिना–महिनामा मेहन्दी लगाउने । 
गुणस्तरीय स्याम्पु एवं कन्डिसनर प्रयोग गर्ने । 
यसरी गरौं केशको स्याहार 
केश राम्रो हुन्छ । 
केश झर्नबाट रोकिन्छ । 
केश चम्किलो, नरम तथा सिल्की देखिन्छ । 
केशको चायाँ हटाउन सकिन्छ । 
जर्रो केशलाई नरम बनाउन सकिन्छ । 
छोटो केशलाई लामो बनाउन मद्दत मिल्छ । 
मेहन्दीद्वारा सेतो केशलाई रातो बनाउन सकिन्छ । 
– हीरा भण्डारी 
राष्ट्रिय सौन्दर्यकर्मी संघ, कास्की जिल्ला अध्यक्ष
हीरा हर्बल ब्युटिपार्लर लामाचौर, पोखरा