कस्तो मास्क लगाउने ?
बजारमा पाइने अधिंकाश मास्कले धूवाँ तथा धूलोका हानिकारक कण छेक्दैनन् । यसका लागि मेडिकेटेड मास्क लगाउनुपर्छ । औषधियुक्त मेडिकेटेड मास्कले आंशिक सुरक्षा प्रदान गर्छ । गुणस्तरीय मास्क एकदिन मात्र प्रयोग गर्नुपर्छ ।

स–साना नानीहरू अहिले मोबाइलका गेम तथा टिभीमा आउने कार्टुनमा निकै रमाएको पाइन्छ । अभिभावकहरू पनि चकचक र बदमासीमा नलाग्ने हुँदा नानीहरू मोबाइलमा रमाउँदा राहतको अनुभव गर्छन् । यद्यपि अत्यधिक मोबाइल प्रयोगले नानीहरूलाई गर्ने क्षतिका बारेमा अभिभावकहरू समयमै जानकार हुनुपर्छ ।
अध्ययन–अनुसन्धानहरूले मोबाइलमा धेरै गेम खेल्ने, हेर्ने तथा सामाजिक सञ्जाल चलाउने बानीले कालान्तरमा नकारात्मक असर पर्ने प्रमाणित गरेका छन् । जसरी लागूऔषध सेवन गर्ने व्यक्तिले चाहेको बेलामा त्यस्ता पदार्थ नपाउँदा अस्वाभाविक व्यवहार देखाउँछन् त्यसैगरी मोबाइलमा गेम खेल्ने लत लागेका बालबालिकाले चाहेको समयमा खेल्न नपाउँदा अस्वाभाविक गतिविधि प्रस्तुत गर्छन् ।
मोबाइलको प्रयोगबाट नानीहरूले केही हदसम्म नयाँ कुरा सिके पनि समग्रमा उनीहरूलाई अरु धेरै घाटा भैरहेको हुन्छ । नानीहरूलाई मोबाइलको लतबाट जोगाउने केही सरल उपाय पनि छन् । जस्तै– मोबाइल नानीहरूले नभेट्ने ठाउँमा राख्नुपर्छ ।साना शिशुहरूलाई सकेसम्म घरमा एक्लै छाड्नु हुँदैन र उनीहरूका गतिविधिका बारेमा नियमित अनुगमन गरिरहनुपर्छ ।
मोबाइलमा उनीहरू कुन गेम, कार्टुन, भिडियो वा चित्रमा आकर्षित छन् त्यसको निरीक्षण गरी बाहिर सोही कुरामा इन्गेज गराउँदा बालबालिकामा सिर्जनशीलता बढ्नुका साथै ऊनीहरूको सक्रियता अतिरित्त क्रियाकलापमा वृद्धि हुँदै जान्छ ।
प्रिन्सिपल–टोडलर्स इन्टरनेसन मन्टेश्वरी तथा प्रि–स्कुल