Successfully Copied

भान्साका औषधि

पेट फुल्ने बान्ता हुने समस्या भए तातोपानीमा बीरे नुन हालेर खानु उपयुक्त हुन्छ । पेटमा गडबढी हुँदा घरेलु औषधिका रूपमा ज्वानो, जिरा, अदुवाको रस खान सकिन्छ । बढी चिल्लो खानेकुराले बान्ता भए खानेकुरा कम खाने, अदुवा मुखमा राखिरहने तथा सुकुमेल एवं दालचिनी खाने

खानपानकै कारणले कतिपयलाई टाउको दुख्ने, पेट फुल्ने, अपच हुने जस्ता समस्या देखा पर्न सक्छन् । त्यस्तो बेला हाम्रै भान्सा र वरपर भएका चिजहरू सेवन गर्दा तत्काल राहत प्राप्त गर्न सकिन्छ । यदि उच्च रक्तचापले टाउको दुखेको छ भने तितेकरेला वा मेथी सेवन गरी रक्तचाप सन्तुलनमा ल्याउन सकिन्छ ।

राति जाग्राम बस्दा पनि टाउको दुखेको हुन सक्छ । त्यस्तो हो भने दिनमा कम्तीमा ६ घण्टा अनिवार्य आराम गर्नुपर्छ । सामान्य टाउको दुखाइमा तेल वा घ्युकुमारीको लेपले मालिस गर्दा ठीक हुन्छ ।

पेट फुल्ने बान्ता हुने समस्या भए तातोपानीमा बीरे नुन हालेर खानु उपयुक्त हुन्छ । पेटमा गडबढी हुँदा घरेलु औषधिका रूपमा ज्वानो, जिरा, अदुवाको रस खान सकिन्छ । बढी चिल्लो खानेकुराले बान्ता भए खानेकुरा कम खाने, अदुवा मुखमा राखिरहने तथा सुकुमेल एवं दालचिनी खाने गर्नुपर्छ ।

                                                                       आयुर्वेदिक चिकित्सक

 Image