स्वस्थ छातीका लागि
बालबालिकालाई इन्फ्ल्युन्जा भ्याक्सिन लगाउन सकिन्छ । यसैगरी ६५ वर्षमाथिकाले प्रत्येक १ वर्षको फरकमा इन्फ्ल्युन्जा भ्याक्सिन तथा ५ वर्षको फरकमा निमोनियाँविरुद्धको भ्याक्सिन लगाउनु प्रभावकारी हुन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2019/sports/Helth0-19062019105129.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2019/sports/Helth0-19062019105129.jpg&w=1000&height=600)
सधैं एकै प्रकारको जिन्स किन्नुहुँदैन । धेरैजसो मानिस एकै प्रकारको जिन्स लगाउँछन् तर जिन्समा केही नयाँ प्रयोग गर्नु आवश्यक हुन्छ । जिन्सको साइज, कलर, स्टाइल आदिमा ध्यान दिनु जरुरी छ । बजारमा कस्तो जिन्स प्रयोग भैरहेको छ ध्यान पुर्याउनुपर्छ ।
अफिसमा क्याजुअल थिमका लागि अथवा साथीहरूसँग घुम्न कुन प्रयोजनमा जिन्स प्रयोग गर्ने हो विचार गरेर निर्णय गर्नुपर्छ । अफिसमा लगाउने जिन्स सामान्य र क्लासी हुनुपर्छ । साथीहरूसँग घुम्न जाँदा लगाइने जिन्स न्यारो–फिट, ग्रन्च र फेसनेबल जस्तो पनि हुनसक्छ ।
जिन्स खरिद गर्नु पहिले कपडा राम्रोसँग छामेर हेर्नुपर्छ । यसबाट जिन्सको क्वालिटी थाहा हुन्छ । जिन्स ८० देखि १०० प्रतिशतसम्म कटन मिक्स भएको राम्रो हुन्छ । यस्तो जिन्सको फिटिङ धेरै राम्रो हुन्छ । जिन्समा लिनेन मिक्स गरिएको छ भने पनि त्यसले राम्रो फिटिङ दिन्छ ।