Successfully Copied

न्यानो घर

- जाडोमा घर पेन्ट गराउँदा वार्म सेड्स वा वुड कलर्स छनौट गर्नुपर्छ । यसले न्यानो महसुस गराउनुका साथै घर पनि उज्यालो देखिन्छ । - जाडोमा घर न्यानो बनाउन आन्तरिक सजावटमा ध्यान दिनुपर्छ ।

-    जाडोमा घर न्यानो बनाउन आन्तरिक सजावटमा ध्यान दिनुपर्छ ।

-    जाडोमा घर पेन्ट गराउँदा वार्म सेड्स वा वुड कलर्स छनौट गर्नुपर्छ । यसले न्यानो महसुस गराउनुका साथै घर पनि उज्यालो देखिन्छ ।

-    टास्क तथा एक्सेन्ट लाइटिङ प्रयोग गरेर कोठालाई वार्म राख्न सकिन्छ ।

-    काठको फ्लोरिङ यो मौसमका लागि उपयोगी हुन्छ । घरको फ्लोर मार्बलको छ भने त्यसमाथि कार्पेट तथा गलैंचा राख्दा पनि न्यानो हुन्छ ।

-    झ्याल–ढोका काठको हुने भएकाले चिसो हावा सजिलै कोठाभित्र छिर्छ । त्यसका लागि झ्याल–ढोका वा भित्तामा इन्सुलेसन गर्नुपर्छ ।

-    न्यानोका लागि सोफा, बेड तथा डाइनिङ टेबलको तल कार्पेट रग्स ओछ्याउन सकिन्छ ।

-  जाडोमा बाक्लो तथा डार्क सेडका पर्दा लगाउनु उपयुक्त हुन्छ ।

 Image