Successfully Copied

जाडोको खानपान

जाडोमा खानपानमा ध्यान नपुर्‍याउँदा स्वास्थ्य गडबड हुन सक्छ ।

पूजा केसी मैनाली, निर्देशक

ओसिस रेस्टुरेन्ट तथा मेगा पार्टी भेन्यु

- जाडोमा खानपानमा ध्यान नपुर्‍याउँदा स्वास्थ्य गडबड हुन सक्छ ।

- जाडो मौसममा तरकारी वा अन्य खाजामा हरियो खुर्सानी खाँदा त्यसले शरीरलाई तातो त दिन्छ नै हरियो खुर्सानीले क्यान्सरबाट पनि जोगाउँछ ।

- जाडोमा तातो सुप उपयुक्त हुन्छ । बिहानको ब्रेकफास्टमा चिया वा कफी मन नपर्नेहरूले तातो सुप खाँदा शरीर न्यानो रहनुका साथै दिनभरिका लागि ऊर्जा मिल्छ ।

- कसैकसैमा जाडोमा धेरै चिया-कफी पिउने बानी हुन्छ । बढी चिया-कफी सेवन गर्दा अनिद्रा, वाकवाकी तथा शरीरको भित्री भागमा गर्मी गड्ने सम्भावना हुन्छ ।

- जाडोमा कतिपयले धेरै मात्रामा हट सस, स्मोक्ड वा गि्रल्ड खाना मात्र खान्छन् तर सुकेको खुर्सानी मिसाइएको तथा बढी डढेको खानाले शरीरमा क्यान्सरजस्ता रोग निम्तिन सक्छन् । यस्ता परिकारले छाला पनि सुख्खा बनाउँछन् ।

फेसन

अर्चना श्रेष्ठ, डिजाइनर

- यङ स्टर्सबीच फेसनको अर्थ निकै बृहत् र समृद्ध छ ।

- एउटा मात्र डेङलर वा सिम्पल टिपटप इयररिङले उनीहरूको सम्पूर्ण व्यक्तित्वलाई परिवर्तन गर्न सक्छ । यसका लागि एउटा स्टेटमेन्ट इयररिङ लगाउनुपर्छ, कुनै अर्को एसेसरिजको आवश्यकता नै पर्दैन ।

- पर्ल तथा डायमण्ड अल टाइम फेभरेट हो र त्यसलाई युवतीहरूले क्यारी गर्न सक्छन् ।

- कर्विङ सेप तथा फ्लोरल डिजाइन सदैव फेसनमा रहन्छ । यो फ्युजनको समय हो ।

- मोर्डन लुकका लागि क्लासिक डिजाइन छनोट गर्न सकिन्छ भने एथनिक वा पार्टी वेयरका साथमा केही अलग सेप्स र डिजाइन पनि प्रयोग गर्न सकिन्छ । इयररिङ खरिद गर्दा अनुहारको सेप तथा इयररिङको लम्बाइमा ध्यान दिनु आवश्यक छ ।

राइट डाइट

कृष्ण भण्डारी, कार्यकारी अधिकृत, हेल्दी होम

- तनावका बेला कहिल्यै डाइटिङ गर्नुहुँदैन । तनाव भएका बेला सबैले बढी खाना खान्छन् ।

- कम खाना खानुभन्दा पहिले आवश्यक मात्रामा पानी पिउनुपर्छ । यसो गर्दा खाना कम खाइन्छ ।

- सधैं पूरा निद्रा सुत्नुपर्छ । निद्रा कम भएका बेला बढी भोक लाग्छ  ।

- डाइटिङ गर्दा जुसको साटो विभिन्न फलको स्मुदी बनाएर खान सकिन्छ ।

- पिज्जा खाने मन भए मिनी पिज्जा अर्डर गर्नुपर्छ ।

- दिनभरिको आफ्नो खानामा प्रोटिन समावेश गर्नुपर्छ । प्रोटिनले वजन नियन्त्रण गर्छ ।

- टिभी हेरेर खाना खानु हुँदैन । यसले ४० प्रतिशत क्यालेारी बढाउँछ ।

- एक दिनमा कम्तीमा १२ सय क्यालोरी इनर्जी खानाबाट प्राप्त गर्नुपर्छ ।

जाडोमा साना नानीहरूको स्याहार

रञ्जना कायस्थ

प्राज्ञिक निर्देशक, टोड्लर्स इन्टरनेसनल पि्र-स्कुल, तीनचुली बौद्ध

- जाडोमा साना नानीहरूलाई विभिन्न किसिमका रोगले संक्रमित गर्ने सम्भावना हुन्छ, जसमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने, रुघाखोकी, श्वासप्रश्वासमा समस्या आदि प्रमुख छन् । यस्तो अवस्थामा घर तथा स्कुलमा उनीहरूको विशेष हेरचाह गर्नुपर्छ ।

- रुमालको संयुक्त प्रयोग गर्नुहुँदैन । सफा र छुट्टै रुमाल प्रयोग गर्नुपर्छ ।

- डाइपर वा दिसा-पिसाब परेका कपडा उपयुक्त विधिअनुरूप डिस्पोज गर्नुपर्छ ।

- भरसक नानीहरूलाई मानिसहरूको भीडमा लानु हुँदैन । भीडमा सरुवा रोग सर्ने सम्भावना रहन्छ ।

- नानीहरू स्कुल वा बाहिर खेलेर फर्किएपछि साबुन पानीले हातखुट्टा धोइदिनुपर्छ र भरसक मनतातो पानीले गार्गल गर्न लगाउनुपर्छ ।

- जाडोमा बालबालिकाको छाला सुख्खा र फुट्ने हुँदा बडी क्रिम वा कोल्ड क्रिमद्वारा मसाज गरिदिनुपर्छ ।

 Image