Successfully Copied

विवाह पार्टीको पहिरन

विवाह पार्टीमा जाँदै हुनुहुन्छ भने सिम्पल, सोभर तथा एथेनिक वेयर लगाउनु उपयुक्त हुन्छ ।

प्रज्ञा अग्रवाल, संचालक,

आलियाज कलेक्सन, कमलपोखरी

- विवाह पार्टीमा जाँदै हुनुहुन्छ भने सिम्पल, सोभर तथा एथेनिक वेयर लगाउनु उपयुक्त हुन्छ ।

- लाइट साडी छ भने हेभी मेकअप तथा हेभी साडी छ भने लाइट मेकअप गर्नुपर्छ ।

- विवाह पार्टीमा लेहेंगा नै लगाउने हो भने माथिबाट टाइट तथा तलबाट फ्लोइङ डिजाइनले मोटा महिलाहरूलाई स्लिम सेप दिन सहयोग पुर्‍याउँछ ।

- टिनएजर्सले सफ्ट कलरका हल्का इम्ब्रोइडरी गरिएका लेहेंगा वा कुर्ता लगाउँदा स्मार्टनेस आउँछ ।

- भीभीआइपी पार्टीमा साधारण डिजाइनका पहिरनमा हेभी चुन्नी लगाएर लाउड मेकअप गर्नुपर्छ जसले एलिगेन्ट लुक्स प्रदान गर्छ ।

विवाहपूर्वका तयारी

सुनीता बोहोरा श्रेष्ठ

- विवाहअघि मानसिक रूपमा तयारी अवस्थामा रहनु प्रमुख कुरा हो । नयाँ परिवार, नयाँ स्थान एवं परिवारका नयाँ सदस्यहरूसँग घुलमिल हुनसक्ने क्षमताको विकास गर्नुपर्छ । त्यसका लागि अहिले थुप्रै तालिम तथा परामर्श दिने संस्थाहरू खुलेका छन् । आवश्यक परे उनीहरूसँग सम्पर्क गर्न सकिन्छ ।

- विवाहअघि डर, त्रास एवं चिन्तामुक्त रहनुपर्छ ।

- आफू विवाह गरेर जाने घरको रहन-सहन, संस्कार, चालचलन एवं रीतिरिवाजका बारेमा पहिले नै जानकारी लिनुपर्छ ।

- भावी श्रीमान्सँग आफ्ना इच्छा, भावना एवं रुचिहरू व्यक्त गर्नुपर्छ । आगामी जीवनका बारेमा भावी श्रीमान्सँग स्पष्ट रूपमा कुराकानी गर्न सक्नुपर्छ ।

गहना

इलीना सुब्बा, व्यवस्थापक, गीताञ्जलि ज्वेल्स

-    विशेषत: महिला दिदीबहिनीका लागि गहना अत्यन्तै प्रिय हुन्छन् । यही समयमा श्रीमान्ले पनि उपहारस्वरूप गहना किनिदिन्छन् ।

-    आफ्नो स्तर, व्यवसाय, पेसा तथा व्यक्तित्व हेरेर गहना खरिद गर्नुपर्छ ।

-    कामकाजी हुनुहुन्छ र स्तरीय भेला तथा कार्यक्रममा उपस्थित हुनु छ भने साना खालका हीराका सेट खरिद गर्नु उपयुक्त हुन्छ ।

-    साधारण गृहिणी हुनुहुन्छ र घरायसी जमघटमा सामेल भए पुग्छ भने सुनका चुरा, मंगलसूत्र, तिलहरी आदि गहना खरिद गर्न सकिन्छ । घरभित्रै हुने जमघटमा हराउने वा चोरिने डर पनि कम हुन्छ ।

-    गहनालाई सम्पत्तिका रूपमा राख्ने हो भने कम रसायन र जर्दीयुक्त गहना खरिद गरे पछि बिक्री गर्दा पनि त्यसको सही मूल्य प्राप्त गर्न सकिन्छ ।

-    तीजमा विशेष गरी छड्के तिलहरी, जन्तर, नौगेडी निकै चलेका गहना हुन् । यस्ता गहना भरसक २२ क्यारेटको सुनबाट बनाउँदा राम्रो हुन्छ । यसो गर्दा गहना भाँच्चिनबाट जोगिन्छ ।

केश बनाउँदा

जय अग्रवाल, सिइओ, कस्म्याटिक्स टे्रड

- सर्वप्रथम केशको प्रकृतिका बारेमा जानकारी लिनुपर्छ ।

- केश स्टे्रट वा कर्ल गर्दा पातलो र अस्वस्थ छ भने कम हिटमा राख्नुपर्छ ।

- केश बलियो, स्वस्थ एवं बाक्लो छ भने हाइ हिट भए पनि फरक पर्दैन तर कम हिट नै स्वस्थकर मानिन्छ ।

- केशमा आइरन गर्नुअघि हिट प्रोटेक्टिङ क्रिम दल्न वा स्प्रे गर्न सकिन्छ ।

- केशमा राम्रो ब्रान्डका आइरन मात्र प्रयोग गर्नुपर्छ ।

 Image