Successfully Copied

सबै पहेंला वस्तु सुन हुँदैनन्

अपमानको चोट निकै गहिरो हुन्छ । शब्दको वाण यति घातक हुन्छ कि जीवनभर भुल्न सकिँदैन । आफूले सर्वस्व ठानेको मान्छेले हरेकदिन चरित्रहत्या गर्दा एउटी नारीलाई कस्तो हुन्छ होला ? हेर एनी, उसले मलाई माया होइन अपमान र घृणा ग¥यो । मान्छेलाई खाएको विषले



कल्पना र म स्कुलदेखि कलेजसम्म सँगै पढेका साथी । प्रफुल्लतामा रम्ने कल्पना स्वतन्त्र पंक्षीजस्तै थिई । उसको स्वभावअनुसार खुसी नाम उसलाई ठ्याक्कै मिल्थ्यो । नहाँसी बोल्न नजान्ने । जस्तो अवस्थामा पनि रमाउनुपर्ने । साना–साना सफलतामा पनि दङ्ग पर्ने । खुसी हुन उसलाई ठूलो कुरा केही चाहि“दैनथ्यो । हिलोमा फुल्ने कमलजस्तै थिई कल्पना ।
जस्तो परिस्थितिमा पनि हाँसेर बाँच्न सक्ने । बढो अचम्मको स्वभाव थियो कल्पनाको ।
हुन पनि उसले सानैदेखि थुप्रै दुःखका पहाड छिचोलेर आएकी हो ।
करिब पन्ध्र वर्षपछि स–शरीर भेट भएको थियो हाम्रो । नत्र मुहार पुस्तिकामा फोटो हेरेर लाइक र कमेन्टमा मात्र सीमित थियांै । कहिलेकाहीँ म्यासेन्जरमा कुराकानी हुन्थ्यो। आज पनि ऊ कीर्तिपुर पढ्दाको जस्तै सुन्दर र जवान देखिन्छे । एक जवान छोराकी आमा भनेर कसले पत्याउने ।
सर्लक्क परेको शरीर, पाँच फिट सात इन्च अग्ली हेर्दै स्मार्ट । अनारका दानाजस्ता मिलेका दाँत । कल्पना हाँस्दा बादल लागेको आकाश पनि फाट्थ्यो । सागरझैं रहस्यमयी आँखा । सर्पजस्तै कालो बटारिएको कपाल । समग्रमा भन्दा स्वस्थानीमा वर्णन गरिएकी नारी पात्रजस्तै ।
कहिलेकाहीँ कल्पनालाई देखेर मलाई डाह लाग्थ्यो । मान्छे उस्तै राम्री छ । मान–सम्मान छ । पैसा कमाएकी र मन फुकाएर खर्च गरेकी छ । कल्पना जागिर खाएर कति सम्पन्न छे । समृद्ध छे । संसार घुमेकी छे । आर्थिक र सामाजिक रूपले सशक्त छे । उसले घुमेका र डुलेका तस्बिर हेरेर म लोभिन्थें ।
यो संसारमा कल्पना भन्दा सुखी अर्को को होला र ? यस्तै–यस्तै सोच्थें । कल्पुसँग आफूलाई तुलना गर्दै कहिले दिक्क हुन्थें । कताकता मन भारी हुन्थ्यो । सँगैका साथी ऊ कहाँ म कहाँ । त्यसैले ऊसँग म्यासेन्जरमा प्रायःभिडिओ कल गरेर बोल्न पनि मन लाग्दैनथ्यो । म आफूलाई निम्छरो ठान्थें । ऊहाकिम भएर जिल्ला–जिल्ला घुमिरहँदा म घरभित्र थन्किएकी थिएँ । मैले पढेको समाजशास्त्र बिहान–बेलुका घरका भाँडा घोट्दा खुइलिँदै थियो । मलाई कहिलेकाहीँ आत्मग्लानिले भत्भती पोल्थ्यो । जागिर नखाएर ठूलो गल्ती गरेजस्तो लाग्थ्यो ।
जागिर खाएकी भए म पनि कालो चस्मा लगाएर मेचीदेखि महाकालीसम्म कल्पना जसरी एनजिओको गाडीमा डुलिरहन्थें । दसजनाले म्याडम भन्दै मलाई पनि नमस्कार गर्थे ।
आहा, मेरो दुनियाँ पनि कति ठूलो र रमाइलो हुन्थ्यो होला? सपनाको सागरमा म निथ्रुक्क भिज्थें ।
जब दिवा सपनाबाट बाहिर आउँथें, अनि फेरि आफ्नो मनलाई बुझाउँथें । आ, जे भयो–भयो अब पछुतो गरेर के गर्नु ? जे छ त्यसैमा खुसी हुनुपर्छ भन्दै आफैंलाई सान्त्वना दिएर धाप मार्दै भन्थें–
‘गृहिणीको भूमिका पनि कम महत्वपूर्ण छैन ।’
कल्पनाले पनि समाजशास्त्रमा स्नातकोत्तर गरेकी हो । हामी दुवैको भाग्य चम्काउन प्रोजेक्टको जागिर आफ्नै दैलोमा आएको थियो । मैले सम्भावनाको ढोका खोलिन । त्यसैले म मात्र गृहिणी भएँ । ऊ प्रोजेक्ट हाँक्ने अब्बल कामकाजी महिला हुनुका साथै गृहिणी पनि भई ।
म लोसे हुँदै गएँ,ऊ स्मार्ट हुँदै गई । उसले पढेको सार्थक भयो, मेलै पढेको निरर्थक भयो ।
बाआमाले रोजेको खान्दानी केटोसँग उमेर पुगेर विवाह भएको थियो कल्पनाको । उसलाई असाध्यै माया गर्ने जीवनसाथी थियो विशाल । उनीहरूको सन्तान एउटा छोरा थियो । त्यो पनि नैनीताल राखेर पढाएका थिए । पैसाको कमी थिएन । कल्पनाकै राम्रो पारिश्रमिक आउ“थ्यो ।
विशाल पनि प्रोजेक्ट म्यानेजर थियो तर बेग्लै प्रोजेक्टमा । उनीहरूको जीवन राम्रोस“ग चलिरहेको थियो । उनीहरूको दाम्पत्य जीवन र पारिवारिक मेलमिलाप देखेर अरू लोभिन्थे ।
उनीहरूको जोडीलाई सबैले आदर्श जोडी मान्थे । साथीहरूबीच उदाहरण दिनुपर्दा कल्पना र विशालको दिन्थे । हो रहेछ । क्षितिजलाई हेरेर आकाश र धर्तीको मिलन सत्य हो भन्नु गलत रहेछ । सबै मृगतृष्णा रहेछ । संसार भुलभुलैया भनेको साँच्चै सत्य रहेछ ।
कल्पना मलाई हेरेर कल्पिन्थी म उसलाई । उसको नजरमा म खुसी र सुखी गृहिणी थिएँ भने मेरो नजरमा ऊ खुसी र सुखी जागिरे ।
ऊ सधै भन्थी, ‘तँलाईं जस्तो आनन्द भए, म यो जागिर–सागिर एक सेकेन्डमा छोडेर आरामले त“जस्तै गृहिणी बन्ने थिएँ ।’
म हाँस्दै भन्थें, ‘महिनामा असी वटा हात्ती भित्राउने मान्छे । हरिण पनि देख्न नपाउँदा बौलाउँछेस् ।’
हामीबीच प्रायः यस्तै कुरा हुन्थ्यो । हाँस्थ्यौं कुरा त्यहीँ सक्किन्थ्यो ।
आज हामी पूर्वयोजनाका साथ पाटन दरबारमा भेट्न भएका थियौं । कल्पनाले नै बोलाएकी थिई ।
बेलाबेला भन्थी, ‘सबै पहेंला वस्तु सुन हुँदैनन् । ‘म पनि होमा हो मिलाउँथें, कुरै नबुझी ।
त्यो दिन पाटन दरबारमा हाम्रो भेट भयो । दुवैले अङ्कमाल ग¥यौं । सन्चो–बिसन्चो सोध्दै नजिकैको क्याफे भित्र छि¥यौं ।
स्मार्ट फोनको स्क्रिनमा देख्याजस्तो अनुहार कहाँ पाउनु कल्पनाको । अहो कल्पनाको अनुहारमा पीडाको मुस्लो थियो । विस्फोट हुन नसकेको ज्वालामुखी थियो । विक्षिप्त अनुहार देखेर म छक्क परें । कल्पनाको स्वभावपनि परिवर्तन भएछ । ऊ निकै गम्भीर र शान्त थिई । कुनैबेला कल्पनाको आँखामा उत्साहको सागर छचल्किन्थ्यो । आज त्यही आँखामा निकाल्न नसकिने गरी कसिङ्गर पसेको रहेछ । वर्षौंदेखि कल्पनाको स्वाभिमानमा त्यो कसिङ्गरले घोचिरहेको आभास भयो ।
मैले फ्याट्ट सोधें, ‘कल्पु π के छ तेरो वास्तविक खबर भन त ? अरूलाई जस्तो रेडिमेट उत्तर नदे है ‘सब ठीकै छ’ भनेर । मलाई तेरो आँखा र अनुहारले धेरै कुरा सुटुक्क भनिसक्यो ।’
‘तँसँग कुरै गर्न तँलाई बोलाएको । मेरो रामकहानी सुनाउनलाई । विशाल र म छुट्टिएर बसेको धेरै समय भैसक्यो । छोरा पनि उच्च शिक्षा हासिल गर्न अमेरिका गयो । विशाल आफ्नै तालमा छ । न अर्को विवाह गरेको छ, बौलाहा जस्तो रक्सी घोकेर बस्छ ।’
म छँँगाबाट खसेजस्तै भएँ । ‘किन छुट्टिएर बसेको, विशाल त्यस्तो ज्ञानी थियो त ?’
फिस्स हाँस्दै कल्पना बोली, ‘मैले भन्या हैन सबै पहेंला धातु सुन हुँदैनन् भनेर । हो म पनि सुरुसुरुमा यस्तै ठान्थें जब म जागिर खान फिल्डतिर हिँड्नुप¥यो उसको वास्तविक रूप मेरो आ“खा र कानमा बजारिन्थ्यो । शङ्का सबैभन्दा ठूलो रोग रहेछ । बरु महामारी नियन्त्रणमा आयो तर यो शङ्काको महामारी कहिल्ये सकिँदैन ।’
मेरो आँखामा तीनभुवन फनन्न घुम्न थाल्यो ।टेबुलमा राखेको बोतलको पानी गिलासमा नहाली स्वाट्ट पिउ“दै भनें, ‘अनि के भयो भन न ।’
लामो श्वास फेर्दै कल्पना बोल्न थाली–‘प्रायः म मिटिङमा व्यस्त हुँदा उसको फोन आउँथ्यो । उठाउन मिल्ने भएपछि कल ब्याक गर्थें । ऊ जे–जे मुखमा आउँथ्यो त्यही भन्थ्यो । मलाई भन्न पनि लाज लाग्छ । यतिसम्म घटिया शब्दहरू प्रयोग गथ्र्याे त“लाई भन्न पनि सक्दिन । कहिलेकाहीँ खाना खाँदाखाँदै फोन उठाउँथें त्यतिबेला केसम्म भनेन त्यो पापीले । काम गर्ने ठाउँमा मेरो मस्तिष्क भुट्ने काम मात्र गरिरह्यो ।
अपमानको चोट निकै गहिरो हुन्छ । शब्दको वाण यति घातक हुन्छ कि जीवनभर भुल्न सकिँदैन । आफूले सर्वस्व ठानेको मान्छेले हरेकदिन चरित्रहत्या गर्दा एउटी नारीलाई कस्तो हुन्छ होला ? हेर एनी, उसले मलाई माया होइन अपमान र घृणा ग¥यो । मान्छेलाई खाएको विषले पो पोल्छ । मलाई विशालले यति सम्म भन्ला भन्ने थिएन । विशाल के गर्दा खुसी हुन्छ । विशाललाई के मन पर्छ । मैले त्यो सबै गरें । तर मेरा प्रयास सबै असफल भए ।
फिल्डतिर हुँदा सधै रक्सी धोकेर राति फोन गथ्र्याे । छिःछिः फोहोर बोलेर मेरो निद्रा, साहस, आँट र ऊर्जा जम्मैमा आगो लगाइदिन्थ्यो ।
फिल्डबाट घर फर्किएपछि सबै कुरा सहेर उसलाई शान्त पार्थें, फकाउँथें, माया गर्थें । छोरोलाई पैसा पठाउनुपथ्र्याे । जागिर छोडौं भने छोरोको भविष्य अँध्यारो हुने नछोड्दा आफ्नो अस्तित्वमा दिनानुदिन लान्छना लगाएर मर्नु र बाँच्नुको दोसाँधमा पाथ्र्याे । मेरो फोटोहरूमा ककसले लाइक, कमेन्ट गरे कसले पानको पात टा“से सबै अध्ययन गरेर बस्थ्यो । अनि सँगै हुँदा फेरि महाभारत सुरु गथ्र्याे । म निरीह भएर सधै स्पष्टीकरण दिन्थें । राति शान्त हुन्थ्यो । बिहान निकै मायालु पारामा चिया बनाएर ओछ्यानमा ल्याउ“थ्यो । म पनि आजबाट त अब सबै समस्या समाधान भयो भनेर मक्ख पर्थें । हामीसँगै हुँदा मोबाइलमा म्यासेजको घन्टी बज्नेबित्तिकै उसको मुहारमा बा¥ह बज्थ्यो । मैले उसको मनोविज्ञान बुझेर आफ्नो म्यासेन्जर र फेसबुक उसको मोबाइलमा लगइन गरिदिएँ । मलाई केही लुकाउनु वा ढाँट्नु थिएन । ऊ मक्ख प¥यो । मलाई विश्वास ग¥यो । म साँच्चै छमछमी नाच्न थालें ।आफूलाई निकै भाग्यमानी ठान्दै दिनहरू बित्न थाले।
तर एनी π करेलालाई जति चिनीमा डुबाए पनि तीतोपन हट्दैन रहेछ । उसको शङ्काको घरभित्र र बाहिर जोसँग पनि हुन थाल्यो । म पनि दिक्क हुन थालें । दस वर्ष भैसक्यो चालामाला एउटै छ । आज राम्रो हुन्छ भोलि उस्तै । उसको बोलीको ठेगान नै छैन । के भन्न बाँकी राख्यो र ? उसको दिमागमा आएजति फोहोर सबै ओकल्थ्यो मेरो शान्त र सफा मस्तिष्कमा । मलाई माइती र घरको इज्जत जोगाउनु थियो ।बाआमाका आँखामा आँसु देख्न सक्दिनथें । ससुराको ठूलै इज्जत थियो । म आफ्नो लागि मरेर सबैका लागि बाँचेकी थिएँ । म त जिउँदो लास भैसकेकी रहेछु । सास नफेर्नु मात्र मृत्यु होइन । शरीरको मृत्यु मात्र मृत्यु होइन रहेछ । स्वाभिमान र अस्तित्व मर्नु पनि मृत्यु नै हो ।
त्यसैले हामी अलग भयौं तर फेरि पनि समाजले महिलालाई हेर्ने दृष्टिकोण कहाँ राम्रो छ र ? श्रीमतीले श्रीमान् छोडे पनि लोग्नेले छोडेकी आईमाई भन्न पछि पर्दैन हाम्रो समाज ।
म शब्दहीन भए“ ।  

 Image