मोनालिशा गिफ्ट अफ चेसकी एम्बासडर नियुक्त
संयुक्त राष्ट्र संघ (युएन) को मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बूलाई ‘नेपालका लागि एम्बासडर’ घोषणा गरेको छ ।
पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धन एसिया छनोट जित्दै ओलम्पिकमा पुगेकी छन् । चीनको ताइयाङमा आयोजित एसियाली पारा ओलम्पिक छनोटमा प्रतियोगिताको फाइनलमा इरानकी प्रतिद्वन्द्वी लीला मिर्जाइलाई हराउँदै सन् २०२४ मा हुने पेरिस पारालम्पिकमा उनी छानिइन् । यो उपलब्धिसँगै पलेशा ओलम्पिक पुग्ने तेस्रो नेपाली खेलाडी बनेकी छन् । चीनमा आर्किटेक्ट इन्जिनियरिङ पढ्दै खेललाई अगाडि बढाइरहेकी पलेशासँगको संवाद ः
खेल यात्रा कसरी सुरु भयो ?
विद्यालय स्तरदेखि नै खेल्दै आएकी हुँ । १० वर्षको उमेरदेखि नै मैले तेक्वान्दो खेल्न थालेँ । विद्यालयमा रहरका लागि खेल्दै गर्दा अगाडि बढेकी हुँ । तेक्वान्दोमा प्राक्टिकल र थेउरी दुवै हुन्थ्यो । मलाई हरेक कुरामा अगाडि आउनुपर्छ भन्ने सोच थियो । त्यही कारण पढाइदेखि खेलकुदमा पनि एकसाथ मेहनत गरेँ । २०१६ मा राष्ट्रिय टिममा आबद्ध भएर अगाडि बढेँ । करिअरका रूपमा अगाडि बढ्ला भन्ने सोचेकी थिइनँ ।
ओलम्पिकमा छनोट हुँदा कस्तो महसुस गरिरहनुभएको छ ?
मेरा लागि यो नसोचेको सफलता हो । ओलम्पिकसम्मको यात्रा गर्ने कुराकहिल्यै सोचेकी थिइनँ । अहिले त धेरैले बधाई दिइरहनुभएको छ । हौसला प्राप्त भइरहेको छ । चुनौती पनि थपिएको छ ।
एक हातले खेलेर ओलम्पिकमा पुग्न कत्तिको सहज थियो ?
यहाँसम्म आइपुग्न मेरो एउटै हातले सम्भव भएको हो । खेल्ने क्रममा थुप्रै आलोचना भएको थियो । एउटा हातले कसरी खेल्छे ? खेलकुदमा अगाडि बढ्न सक्दिन भनेर कुरा गर्थे । त्यसले पनि मलाई चुनौती थपिएको थियो । त्यही आलोचनाका कारणले पनि अगाडि बढ्न हौसला दियो भन्ने लाग्छ । यस खेलमा किक हान्ने भएकाले खुट्टा बढी चलाउनुपर्छ । शारीरिक क्षमता हेरेर खेलमा क्याटोगोरी छुट्याइएको हुन्छ ।
अन्तर्राष्ट्रिय स्तरका कति खेलमा सहभागिता जनाउनुभएको छ ?
धेरै अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेकी छु । दक्षिण कोरियामा तेस्रो एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप, विश्व पारा तेक्वान्दो, टोकियोमा पारालिम्पक गेम्सको टेस्ट इभेन्ट, टर्कीमा भएको आठौं विश्व पारा तेक्वान्दो, साउदी अरेबियामा भएको विश्व पारा तेक्वान्दो आदि हुन् । अवार्डहरू पनि थुप्रै हासिल गरेकी छु ।
किन कम नेपाली खेलाडी मात्र ओलम्पिकमा पुग्ने गरेका छन् ?
अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न नसक्नु हो । अन्तर्राष्ट्रिय स्तरमा सीमित सहभागिता हुन्छ । तेक्वान्दोमा जति खेल राम्रो गर्यो, त्यति पोइन्ट बढ्दै जान्छ । ओलम्पिकमा पुग्नका लागि धेरै अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्नुपर्छ, तर हामीमा त्यो सम्भव छैन ।
खेलबाहेक केमा रुचि छ ?
आर्किटेक्ट इन्जिनियरिङमा ।