Successfully Copied

सन्तोषी र सन्तोषलाई माल्दिभ्स रोड रेसको उपाधि

माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि नेपाली खेलाडीहरुले जितेका छन् ।


माल्दिभ्सको सबैभन्दा ठूलो दौड प्रतियोगिताको मुख्य उपाधि नेपाली खेलाडीहरुले जितेका छन् । मालदिभ्सको हुलहुमालेमा भएको १५ औं धिरागु माल्दिभ्स रोड रेसमा नेपालका गोल्डेन गर्लको उपनामले चिनिने धाविका सन्तोषी श्रेष्ठ र धावक सन्तोष विक्रम विष्टले दुई–दुई वटा स्वर्ण जितेका हुन् ।
माल्दिभ्सको एथलेटिक क्लब आइल्याण्ड रनर्स माल्दिभ्सको तर्फबाट व्यवसायिक खेल खेल्दै शुक्रबार बिहान र बेलुकी भएको दुई खेलमा सन्तोषी र सन्तोषले मुख्य विधा हाफ म्याराथन र ५ किलोमिटरमा स्वर्ण हात पारेका हुन् ।


सन्तोषीले २१ किलोमिटर १ घण्टा २६ मिनेट ५७ सकेण्ड र ५ किलोमिटर १७ मिनेट ४७ सेकेण्डमा पार गरिन् । पुरुषतर्फ सन्तोषले २१ र ५ किलोमिटर दौड क्रमशः १ घण्टा १४ मिनेट २६ सेकेण्ड र १५ मिनेट २८ सेकेण्डमा दूरी पार गरे ।
मुख्य विधा हाफ म्याराथनमा सन्तोषीले साम्हा अहमेद र निजमीना अहमेदलाई पाछि पार्दै उपाधी जितेकी हुन् भने सन्तोषले हुसेन फजिल र युसुफ इब्राहिमलाई पछि पारेका हुन् । यससँगै दुवै नेपाली खेलाडी २५ हजार र १० हजार गरी कुल ३५ हजार माल्दिभियन रुपियाँ (नेपाली रुपैयाँ ३ लाखभन्दा बढी) हात पारेका छन् ।

 Image