ललितपुरमा निःशुल्क स्वास्थ्य परिक्षण, ३५३ जना लाभान्वित
शिविरमा अल्ट्रासाउण्डमा १०३ जना तथा स्त्री रोग, छाला रोग, मुत्ररोग र नाक कान घाँटी, दाँत तर्फ प्रत्येकमा ५० भन्दा वढी निःशुल्क स्वास्थ्य परिक्षण सेवा परिक्षणबाट लाभान्वित भएको बताएका छन् ।
कान्तिपुर दैनिकका पत्रकार हिमेश बज्राचार्यले तयार पारेको ‘स्वर्णकथाः नेपाली फुटबलको’ पुस्तक प्रकाशित भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा पुस्तक लोकार्पण भएको हो । राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान राजु काजी शाक्यले पुस्तकको लोकार्पण गरेका हुन् ।
लोकार्पण समारोहमा एन्फा महासचिव किरण राई, प्रवक्ता सुरेश शाह, वरिष्ठ पत्रकार युवराज घिमिरे, खेलाडी सन्तोषी श्रेष्ठलगायत उपस्थित थिए । बज्राचार्यले फुटबलमा लामो समय देखि कलम चलाउँदै आएका छन् ।