Successfully Copied

उत्कृष्ट कलेजको सम्मान

पूर्वाञ्चल विश्वविद्यालयको ३१औं वार्षिकोत्सवका नमूना कलेज अफ फेसन टेक्नोलोजीलाई उत्कृष्ट कलेजका रुपमा सम्मानित गरिएको छ ।


पूर्वाञ्चल विश्वविद्यालयको ३१औं वार्षिकोत्सवका नमूना कलेज अफ फेसन टेक्नोलोजीलाई उत्कृष्ट कलेजका रुपमा सम्मानित गरिएको छ । पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गत सम्बन्धन प्राप्त गरेको यो कलेजले नेपालमै पहिलो पटक फेसन टेक्नोलोजी जस्तो फरक विधाको शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्राडा विजुकुमार थपलिया तथा रजिष्ट्रार निलमणी पोखरेलले संस्थापक प्रिन्सीपल ज्ञानी शोभा तुलाधरलाई सम्मान ग्रहण गरेकी थिइन् । कलेजलाई यसअघि ‘हायर एजुकेशन रिभ्यु’ नामक भारतीय प्रकाशनले ‘इन्टरनेसनल कलेज अफ द इयर २०२२’ बाट सम्मानित गरेको थियो भने भारतमा आयोजित ‘सेकेन्ड एनुयल वर्ल्ड सिग्नेचर अवार्डस् २०२३’ अन्तर्गत ‘मोस्ट प्रोमिनेन्ट फेसन डिजाइनिङ कलेज इन नेपाल’को सम्मान प्राप्त भएको थियो ।


स्थापनाको २२ वर्षको यात्रामा यस कलेजले १८ औं ब्याच सम्मको फेसन डिजाइनिङ विधामा दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।

 Image