एन इन्ट्रडक्सन टू टेक्सटायल केमेस्ट्री सार्वजनिक
कपडा तथा फेसन शिक्षाबारे लेखिएको पुस्तक एन इन्ट्रडक्सन टू टेक्सटायल केमेस्ट्री नामक पुस्तक सार्वजनिक गरिएको छ ।

‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सम्पन्न भएको छ । यो अभियान देशअनुसार फरक तरिका र समयमा मनाइने भए पनि हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विशेष रूपमा ‘लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान’ मनाउने गरिन्छ । अहिले यो अभियान महिला तथा बालिकाविरुद्ध हुने हिंसा रोक्ने अन्तर्राष्ट्रिय अभियानका रूपमा मानिएको छ ।
अभियानका अवसरमा महिला कानुन र विकास मञ्चले नेपालको नागरिकता कानुनका जटिलताका बारेको छलफल गर्यो । नागरिकता प्राप्त गर्नका लागि भएका कानुनका बारेमा वरिष्ठ अधिवक्ता मीरा ढुंगाना र अधिवक्ता सुषमा गौतमले प्रस्तुति दिएका थिए ।