प्रधानमन्त्री छोरी आत्मनर्भिर कार्यक्रमलाई १० करोड विनियोजन
महिलाविरुद्ध हुने हिंसा, शोषण भेदभाव नियन्त्रण गरी सबै क्षेत्रमा सद्भाव र सम्मानजनक वातावरणको निर्माण सिर्जना गरिनेछ । आगामी आर्थिक वर्षलाई महिला लगानी वर्षको रुपमा मनाईनेछ ।

शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । ४७ वर्षीया सुनिता काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्थिन् ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सुनितालाई सम्मान गरेको थियो । उनको आँसुको शक्ति पुस्तक प्रकाशित छ । सुनिताको श्रीमान, एक छोरा र छोरी छन् ।