ललितपुरमा निःशुल्क स्वास्थ्य परिक्षण, ३५३ जना लाभान्वित
शिविरमा अल्ट्रासाउण्डमा १०३ जना तथा स्त्री रोग, छाला रोग, मुत्ररोग र नाक कान घाँटी, दाँत तर्फ प्रत्येकमा ५० भन्दा वढी निःशुल्क स्वास्थ्य परिक्षण सेवा परिक्षणबाट लाभान्वित भएको बताएका छन् ।
शक्ति समूहकी संस्थापक सदस्य तथा सुनिता फाउन्डेसनकी संस्थापक सुनिता दनुवारको निधन भएको छ । सोमबार बिहान अचेत अवस्थामा गोकर्णेश्वरस्थित नेपाल मेडिकल कलेज पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेको थियो । ४७ वर्षीया सुनिता काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा बस्थिन् ।
उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । अमेरिकी विदेश मन्त्रालयले सन् २०१८ मा ‘टिप हिरो’ को रूपमा सुनितालाई सम्मान गरेको थियो । उनको आँसुको शक्ति पुस्तक प्रकाशित छ । सुनिताको श्रीमान, एक छोरा र छोरी छन् ।