नाइमा नेपाल मोबिलिटी एक्स्पो -५० बढी ब्रान्डहरू सहभागी
यही साउन २१ गतेदेखि २५ गतेसम्म हुने एक्स्पोमा ५० भन्दा बढी ब्राण्डहरू भएको आयोजकले बताएको छ ।
प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ । त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष (रेक्टर) प्रा.डा. खड्ग केसी, पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, प्राध्यापक खरेल, डा. टंक उप्रेती, डा. श्रीराम पौडेलसहितले सो पुस्तक संयुक्त रुपमा लोकार्पण गरेका थिए ।
रेक्टर प्राडा. खड्ग केसीले प्राध्यापक खरेलको लेखकीय सक्रियता, लगनशीलताबाट अरुलाई उत्प्रेरणा मिलिरहेको बताए । प्राध्यापन पेशामा खरेल एक ‘आइकन’ रहेको बताउँदै रेक्टर केसीले सार्वजनिक भएको पुस्तकले अध्ययन, अध्यापनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
लेखक तथा प्राध्यापक पी. खरेलले आफ्नो जीवन नै अध्ययन र लेखनमा लगाएको बताए । आफूलाई मन पर्ने पुस्तकको अध्ययन गर्ने र विचारहरु प्रवाह गर्न आफू नियमित लेख, रचना तथा पुस्तक प्रकाशन गर्ने गरेको उनले बताए । यस पुस्तकले पाठकलाई थोरै भए पनि विचार निर्माण र अध्ययनमा सहयोग पुग्ने विश्वास समेत उनले व्यक्त गरे । पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख डा. कुन्दन अर्यालले लेखक खरेलको अभिभावकत्वले विभाग लाभान्वित हुनुका साथै नयाँ पुस्तक पाठकका लागि प्रेरणादायक हुने धारणा राखे ।
२९५ पृष्ठको उक्त पुस्तकमा आठ च्याप्टर समावेश छन् । पुस्तक प्रकाशन मण्डप पब्लिकेशन हाउसले गरेको हो ।