प्राध्यापक खरेलको नयाँ पुस्तक लोकार्पण
प्राध्यापक पी. खरेलको नयाँ पुस्तक ‘डेमोक्रेसी रप्चर, च्यानल क्याप्चर बिनिथ एण्ड बियोण्ड दि बोर्डर्स’ लोकार्पण गरिएको छ ।
साहित्यकार मोती शोभा श्रेष्ठद्वारा लिखित चारवटा कृति लोकार्पण गरिएको छ । नेपाली भाषामा ‘अल्झिएका धागाहरु’ कथा संग्रह, ‘फूलबारी’ लघुउपन्यास, नेपाल भाषामा ‘घुटु चियाया’ कथा संग्रह तथा अंग्रेजी भाषामा ‘नेचर’ को लघु उपन्यास लोकार्पण गरिएको थियो ।
कार्यक्रममा पूर्वमन्त्री तथा साहित्यकार शंकर प्रसाद कोइराला, वरिष्ठ साहित्यकार तथा जनमत प्रकाशनका अध्यक्ष मोहन दुवाल, कथाकार भागीरथी श्रेष्ठ लोचन तारा तुलाधर, साहित्यकारहरु शैलेन्द्र साकार, लक्ष्मी माली, जलेश्वरी श्रेष्ठ शाक्य सुरेन रमेश तुफान, ज्ञानेन्द्र विवशलगायत अन्य साहित्यकार र साहित्य प्रेमीहरुको उपस्थिति थियो ।
कार्यक्रममा साहित्यकारहरु शंकर कोइराला, मोहन दुवाल, लोचन तारा तुलाधरले पुस्तकबारे आ–आफ्नो मन्तव्य राखेका थिए । त्यस्तै अन्य साहित्यकार तथा कविबाट मन्तव्य एवम् कविता वाचनसमेत गरिएको थियो ।
नेपाल सरकारको सहसचिवबाट अवकाशप्राप्त मोतीशोभा नेपाली साहित्यमा नयाँ नाम भए पनि यसअघि उनका चारवटा लघु उपन्यास ‘प्रकृति’ सत्य र आमू सम्झनाको डायरी र आँसु तथा २०८० सालमा चियाको चुस्की कथा संग्रह प्रकाशित भइसकेका छन् ।