हरेक बर्ष हुने नाडा अटो शो शुरु भएको छ । अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेको शो भृकुटीमण्डपमा आजदेखी शुरु भएको हो । शो भदौं ११ देखी १६ सम्म अर्थात ६ दिनसम्म चल्नेछ । नाडा अटो शो लेटेस्ट मोडलका विद्युतिय गाडी, माइक्रो मिनिबस, डेलिभरी भ्यान, मोटरसाइकल, स्कुटर लगायत सवारी साधनका लागी आवश्यक एक्सेसरिजहरु राखिएका छन ।
नेपाली महिलाको सशक्तीकरणमा काम गर्दै आएकी शान्ति भण्डारीलाई गल्फ न्यूज र बिइङ सी को सहकार्यमा आयोजित ‘एक्सिलेन्स अवार्ड्स २०२५ मा ‘एक्सिलेन्स इन टुरिजम ट्रेलब्लेजर अफ द इअर २०२५’ को अवार्ड प्रदान गरिएको छ ।