शान्तिलाई सम्मान
नेपाली महिलाको सशक्तीकरणमा काम गर्दै आएकी शान्ति भण्डारीलाई गल्फ न्यूज र बिइङ सी को सहकार्यमा आयोजित ‘एक्सिलेन्स अवार्ड्स २०२५ मा ‘एक्सिलेन्स इन टुरिजम ट्रेलब्लेजर अफ द इअर २०२५’ को अवार्ड प्रदान गरिएको छ ।
महिला उद्यमीद्धारा उत्पादित बस्तु तथा सेवा प्रवद्दनका लागि कोसेली घर स्थापना हुने भएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले मंगलबार संघीय संसदका दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दे महिला उद्यमीलाई लक्षित गर्दै काठमाडौंको चोभारमा अन्तराष्ट्रिय स्तरको प्रर्दशनीस्थल स्थल निर्माण गर्ने बताए । उनले महिला उद्यमीद्धारा उत्पादित बस्तु र सेवाको ब्रान्डिङ गर्न टेण्ड्र पोर्टलमा प्रविष्टि गरीने समेत बताए । यसका साथै उनले उद्यमीहरुले उत्पादित बस्तु बिक्रिका लागि कोसेली घरको स्थापना र सञ्चालन गरिने जानकारी दिए ।