Successfully Copied

ललितपुरमा निःशुल्क स्वास्थ्य परिक्षण, ३५३ जना लाभान्वित

शिविरमा अल्ट्रासाउण्डमा १०३ जना तथा स्त्री रोग, छाला रोग, मुत्ररोग र नाक कान घाँटी, दाँत तर्फ प्रत्येकमा ५० भन्दा वढी निःशुल्क स्वास्थ्य परिक्षण सेवा परिक्षणबाट लाभान्वित भएको बताएका छन् ।


ललितपुर स्थित रेडियन्ट रिडर्स एकेडेमी बिद्यालय परिसरमा  निःशुल्क स्वास्थ्य परिक्षण सञ्चालन भएको छ । बुद्ध माई (मिनिमल एक्सेस सेन्टर) अस्पतालका प्रवन्ध निर्देशक डाक्टर दिपक राज सिंहको नेतृत्वमा १५ जना चिकित्सकहरु तथा अस्पतालका ७ जना नर्सहरुको टोलीले विभिन्न ११ रोगका ३५३ जनालाई सेवा प्रदान गरेका छन् ।

शिविरमा अल्ट्रासाउण्डमा १०३ जना तथा स्त्री रोग, छाला रोग, मुत्ररोग र नाक कान घाँटी, दाँत तर्फ प्रत्येकमा ५० भन्दा वढीे निःशुल्क स्वास्थ्य परिक्षण सेवा परिक्षणबाट लाभान्वित भएको बताएका छन् ।

शिविरमा सर्जरी तर्फ डा. दिपक राज सिंह, नाक कान घाँटी तर्फ डा. खम्विर श्रेष्ठ, स्त्री रोग विशेषज्ञ तर्फ डा. अरुण प्रसाद जोशी, दन्तरोग तर्फ डा. शशीकान्त चौधरी र डा. हेमा अग्रवाल, पाईल्स र फिस्टुला तर्फ आयुर्वेदिक पद्धतिबाट डा. रमेश पौडेल, मुत्र रोग तर्फ डा. नारायण भुषाल र डा. बसन्त बराल, बाल रोग तर्फ डा. सौरभ खेतान, छाला रोग तर्फ डा. प्रकाश श्रेष्ठ, अल्ट्रासाउण्ड र रेडियोजी तर्फ डा. दिनेश के. सी. र डा. कृपा सूर्यवंशी तथा मेडिसिन तर्फ डा. अन्जना तिपा मगर, डा. ज्योति बस्नेत, डा. अनिसा ईश्रा तथा डा. हजिव महतोले सेवा दिएका थिए ।

‘स्वाथ्य समाजका लागि स्वस्थ्य जीवन’ नाराका साथ सानेपा राजतीर्थ बिकास समाज र काठमाडौं महानगरपालिका वडा नं १२ र बुद्ध माई मिनिमल एक्सेस सेन्टर अस्पतालको प्राविधिक सहयोगमा शिविर सञ्चालन भएको थियो ।

 Image