मनोपरामर्शदाता खिमा रिजालद्वारा लिखित ‘अन्तर्मनका रंगहरू’बजारमा आएको छ । यो उनको चौथो कृति हो । मानसिक स्वास्थ्यमा आधारित यो पुस्तक लेखकसँग परामर्शमा आएका सेवाग्राहीका कथा र तिनको उपचारका क्रममा देखिएका लक्षण, कारण, प्रयोग गरिएको उपचार विधि मात्रै नभई हालसम्म प्रयोगमा आएका अन्तर्राष्ट्रिय पद्धतिसमेतको शोधमूलक कृति हो । भूकम्प र कोरोनापछिको आर्थिक मन्दी, राजनीतिक भ्रष्टाचारका कारण अन्योलग्रस्त देशको परिस्थितिले मानिसमा निराशा छाएको थियो । देशमा गरिखान सक्ने वातावरण नभएर धनी देशको तुलनामा विकासशील देशहरूमा आत्महत्या हुने दर ७८ प्रतिशत पुगेको छ । यसमा हाम्रो देश नेपाल सातौं स्थानमा पर्दाे रहेछ । त्यो पनि १५ देखि २९ वर्षका युवा पर्नु कति घातक अवस्था हो । योअवस्थालाई निरुत्साहित गर्न राज्यले योजना तथा नीति नियम बनाउनुपर्ने हो । तर त्यस्तो केही छैन । ठूलो पदमा पुगेकाहरूले नै देशमा भविष्य नदेखेर विदेशमा पैसा सञ्चित गर्ने गरेका छन् ।
बीस भागमा विभाजित मनोरोगहरू भित्र पूरै समाज अटेको छ । हामीले मोजमस्ती गरेको कुराले अर्काको जीवनमा कस्तो प्रभाव पार्दाे रहेछ भन्ने थाहा पाउन पनि यो पुस्तक पढ्नैपर्ने हुन्छ । लेखक महिला भएका कारण सेवाग्राही धेरैजसो महिला छन् । यसमा तिनकै कथा र समस्या छन् । समाधानको उपाय पनि तिनकै सेरोफोरोमा घुमेको छ । पुरुष पाठकलाई पुरुषमैत्री भएन कि भन्ने लाग्नसक्छ । तर महिला पुरुषभन्दा पनि मान्छेभएर पुस्तक पढ्यौं भने यी घरैभित्रका समस्या हुन् भन्ने लाग्छ । आमा, दिदी, बहिनी,जीवनसाथी र साथीहरू स्वस्थ हुनु भनेको घरपरिवार मात्रै होइन स्वस्थ सन्तान हुनु पनि हो भन्ने लाग्छ । महिलाको शरीर जति सुन्दर भए उति नै जटिलता पनि छन् । जति कोमल छ उति रोग र निराशाले जरजर छ । महिलाको तुलनामा पुरुषको आत्महत्याको दर बढी भए पनि आत्महत्याको प्रयास गर्नेमा महिलाको संख्या बढी छ ।
रजस्वला हुनु, बच्चा जन्माउनु प्राकृतिक नियम हो । कसैकसैलाई महिनैपिच्छे रजस्वला हँुदा असाध्यै पेट दुख्छ । बच्चा पेटमा आएदेखि अस्पतालको बास हुन्छ । जो अस्पताल र डाक्टरको पहँुचभन्दा पर थिए तिनी अकालमा मृत्युको मुखमा पुग्छन् । रजस्वला सुक्ने बेला महिलामा आउने मानसिक परिवर्तनले निम्त्याउने तनावका कुरा सायद प्राकृतिक होइनन् । सबै जीवनसाथीले यो कुरा नबुझ्नाले वैवाहिक बलात्कारका कुरा बाहिर आउँछन् । रजस्वला हुनु, बच्चा जन्मनु जसरी प्राकृतिक हो विवाहपछि श्रीमतीसँग शारीरिक सम्बन्ध राख्न पाउनु पनि प्राकृतिक र नैसर्गिक अधिकारका रूपमा हेरिन्छ । यो पुस्तक पढिसकेपछि लाग्छ होला श्रीमतीको मन कस्तो हुन्छ, उनीहरू के–कस्तो अवस्थाबाट गुज्रदैछन् । उनी स्वास्थ्य भए अरु कुरा त छ“दैछ भन्ने लाग्न सक्छ। मन उम्लिदै गरेको दूध जस्तो पट्कदै गरेको मकैजस्तो सबैले देख्न सक्ने हुँदैन रहेछ । यो त बेलगाम घोडा जस्तो, समुद्रभित्र भित्रै चल्ने सुनामी जस्तो, भित्रभित्रै दन्कदै गरेको भुसको आगो जस्तो । ओहो विचित्र पो रहेछ मनको रूप त । स्वयं आफ्नै नियन्त्रण भन्दा पर यायावर हँुदो रहेछ । मस्तिष्कको नियन्त्रणमा आयो भने सोझो बाटो हि“ड्दो रहेछ । उसकै पछि लाग्यो भने आफैंलाई समाप्त पार्न उद्धत । त्यस्ता यायावरलाई बसमा राख्ने भनेका यिनै मनोचिकित्सक र मनोविद्हरू हुँदा रहेछन् । यिनका कुरा सुनौं र पढौं ।नेपाली भाषामा अहिलेसम्म यति गहन र उपयोगी कृति नभएकाले यो पुस्तक संग्रहयोग्य छ ।
खिमा रिजाल माओवादी द्वन्द्वलाई नजिकबाट देख्ने र अनेक कथा र व्यथाका भुक्तभोगी हुन् । हामी वातावरण नभएको कारण केही गर्न नसकेको गुनासो गर्छाैं । अरुलाई दोषी देखाएर समाजका अगाडि आफूलाई विचरा देखाउन खोज्छांै । उनका अघिल्ला कृति ‘अविचलित यात्रा’, ‘कालजयी योद्धाहरू’ तथा‘उज्यालोको खोजीमा संघर्षका पाइला’ संस्मरण मात्रै पढ्ने हो भने पनि तपाईंका आफ्ना कथा फिका लाग्छन् । उनका कृतिले तपाईंको जीवनमा ऊर्जा भर्न सक्छन् । उनले पार गरेको जीवन यात्राले प्रेरणा दिन सक्छ । चुँडिएको मन, अनिश्चित भविष्य, अन्योलग्रस्त मनस्थिति लिएर पनि निरन्तर उकालो उक्लिरह्यो भने शिखर अवश्य चुमिन्छ भन्ने प्रमाण हुन्–खिमा रिजाल । चढ्नुस् उकालो, सगरमाथामा उभिएर भन्नुस्, ‘सकिन्छ साथीहरू सुस्तरी आउनुस्’ भनेर । लेखकलाई धेरै बधाई अनि शुभकामना । यति महत्वपूर्ण पुस्तक प्रकाशन गर्ने अक्षर क्रियसन्सलाई पनि हार्दिक बधाई ।