नेशनल बाथ रोग सेन्टरको वार्षिकोत्सव
रातोपुलस्थित नेशनल वाथरोग सेन्टरले आफ्नो १० औं वर्ष पूरा गरेको छ । सेन्टरले दश वर्ष पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा आगामी पाँच वर्षका ६ बुँदे योजना सार्वजनिक गरेको छ ।
शिक्षासेवी जयन्ती लम्सालको नाममा तिलगंगा आँखा प्रतिष्ठानमा ५१ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिएको छ ।
नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठान र ‘जयन्ती लम्साल फेलोसिप कार्यक्रम’ संचालन गर्ने सम्झौता भएको हो । फेलोसिप प्रदान गर्न कोषको व्यवस्था गर्न लम्सालले ५१ लाख रुपैयाँ प्रदान गरेकी हुन् ।
यसको ब्याज आम्दानीबाट नपुगेको रकम आँखा प्रतिष्ठानको आन्तरिक कोषबाट शोधभर्ना गरिने छ ।
कोषको तर्फबाट जयन्ती लम्साल र आँखा अस्पतालको तर्फबाट डाक्टर सन्दुक रुइतले हस्ताक्षर गरेका थिए ।
लामो समय शिक्षण पेशामा संलग्न जयन्ती चामुण्डा माध्यामिक विद्यालयको पूर्व प्रधानाध्यापक हुन् ।