Successfully Copied

‘गौरिकाको साहसिक यात्रा’ बालकथा प्रकाशित

पुस्तकले प्रविधिलाई कुन हदसम्म प्रयोग गर्ने, समयको व्यस्थापन कसरी मिलाउने, परिवारलाई कतिबेला समय दिने जस्ता महत्वपूर्ण कुराको उठान गरेको छ । बालबालिका मात्रै होइन यो पुस्तक अभिभावकहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।


प्रविधि वा उपकरणको धेरै प्रयोगले निम्त्याउने असरबारे लेखिएको बालकथा ‘गौरिकाको साहसिक यात्रा’ कथालयले नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशनमा ल्याएको छ । फारुक फुरकान सिकले लेखेको कथामा सुले फेयाज उजुनका चित्र छन् । टर्कीबाट प्रकाशित पुस्तकलाई नेपालीमा डा. विमलकुमार सुवेदीले सम्पादन गरेका हुन् भने यसका सम्पादक डा. रामप्रसाद ज्ञवाली हुन् ।
मोबाइल, ल्यापटप र टीभीको अधिक प्रयोगले परिवारमा कसरी संवादहीनताको अवस्था सिर्जना भएको छ भन्ने यथार्थ कथाले भनेको छ । यो हाम्रै घरसमाजको यथार्थ हो । प्रविधिको बढी निर्भरताका कारण परिवारमा एक्लोपन र विरानोपको अवस्था कसरी आइरहेको छ भनेर एक परिवारको दैनिकीलाई कथामार्फत प्रस्तुत गरिएको छ ।
पुस्तकले प्रविधिलाई कुन हदसम्म प्रयोग गर्ने, समयको व्यस्थापन कसरी मिलाउने, परिवारलाई कतिबेला समय दिने जस्ता महत्वपूर्ण कुराको उठान गरेको छ । बालबालिका मात्रै होइन यो पुस्तक अभिभावकहरूका लागि पनि उत्तिकै महत्वपूर्ण छ ।
११ अध्यायमा लेखिएको कथामा सुरुमा गौरिकाको दिक्दारी, योजना, सपना र सफलतालाई प्रस्तुत गरिएको छ । ७१ पृष्ठको पुस्तकको मूल्य २ सय १० रुपैयाँ राखिएको छ ।

 Image