Successfully Copied

‘नेपाली जनताको साथ र सहयोगको अपेक्षा छ ’ -गरिमा घिमिरे (मिस ग्रान्ड नेपाल)

‘इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्टस’ मा चार्टड एकाउन्टेन्ट पढिरहेकी गरिमाको मिस युनिसर्भ पहिलो सौन्दर्य प्रतिस्पर्धा थियो ।



मिस युनिभर्स नेपाल–२०२३ की फस्र्ट रनरअप, गरिमा घिमिरे मिस ग्रान्ड इन्टरनेसनलका लागि आगामी अक्टोबर पहिलो साता भियतनाम प्रस्थान गर्दैछिन् । २१ वर्षीया गरिमा मिस युनिभर्सका लागि विराटनगरबाट प्रतिस्पर्धी थिइन् । ‘इन्स्टिच्युट अफ चार्टड एकाउन्टेन्टस’ मा चार्टड एकाउन्टेन्ट पढिरहेकी गरिमाको मिस युनिसर्भ पहिलो सौन्दर्य प्रतिस्पर्धा थियो ।

उनी भन्छिन्–‘प्याजेन्ट इन्डस्ट्रीमा पहिलेदेखि नै रुचि थियो । पढाइमा अब्बल भएकीले त्यतातिर त्यति ध्यान दिन सकेकी थिइन । सिए फिल्डमा ग्याप लिन मिल्ने र कलेज नगई रेकर्डेड क्लास लिन मिल्ने भएकाले यो क्षेत्रमा अँइपुगेकी हुँ ।’ मिस ग्रान्ड इन्टरनेसनलको यस पटकको मूल नारा ‘स्टप द वार एन्ड भायलेन्स’ रहेको छ । यसका लागि जनकपुरलाई ‘सीता वाज बर्न इन नेपाल’ भनेर मिथिला आर्ट झल्किने ह्यान्डवर्क गरेर सीताले लगाउने कस्ट्युमलाई मैले नेसनल कस्ट्युम बनाएकी छु ।

‘साथै नेपालको चिनारी भिडियो पनि तयार पारेकी छु । हरेक कुरामा नेपालीपन झल्काउन खोजेकी छु । यसबाहेक डान्स, वाक टे«निङ, प्रेजेन्टेसन, ड्रेस, इन्टरभ्यु आदिको तयारी गरिरहेकी छु ।’ नेपाल अब अन्तर्राष्ट्रिय प्लेटफर्ममा बलियो ढंगले प्रस्तुत हुनुपर्ने बताँउदै गरिमा भन्छिन्–‘नेपाललाई ग्लोबल स्टेजमा प्रतिनिधित्व गर्न गइरहेकाले नेपाली जनताको साथ र सहयोगको अपेक्षा छ । भोटिङका लागि समेत आह्वान गर्छु ।’ एन्ड फाउन्डेसनको गुडविल एम्बेसडर समेत रहेर काम गरिरहेकी गरिमा क्यान्सर, शिक्षा र वातावरण संरक्षणका क्षेत्रमा सक्रिय छिन् । उनले मिस युनिभर्सको प्लेटफर्मबाट मानसिक स्वास्थ्यको वकालत गरेकी थिइन् ।

 Image