शान्ति सम्मानित
मध्यपूर्वको पहिलो महिला डबल–डेकर (दुई तल्ले) बस चालक शान्ति भण्डारी राष्ट्रिय लोक सांस्कृतिक संघद्वारा सम्मानित भएकी छिन् ।
पूर्व बैंकर रविना देशराज श्रेष्ठ बिबाह बन्धनमा बाँधिएकी छन् । उनले बेलायती नागरिक प्रेमी स्टुआर्ट एलेक्जेन्डर च्यापम्यानसँग विवाह गरेकी हुन् ।
बिहिबार एक समारोहबीच उनी हिन्दु परम्परा अनुसार विवाह बन्धनमा बाँधिएकी हुन् ।
रबिना नायक आयुष्मान र आशिरमान देशराज जोशीकी आमा तथा नायिका प्रियंका कार्कीकी सासु हुन् ।
२०७९ सालको फागुन महिनामा प्रणय दिवसको अवसर पारेर उनले प्रेमी स्टुआर्टसँग इन्गेजमेन्ट गरेकी थिइन् ।
विवाह समारोहमा छोरा, बुहारी, नातिनी सहित परिवारको उपस्थिती रहेको थियो ।