चलचित्र अन्तिम संस्कारको नया गीत सार्वजनिक भएको छ । स्वप्निल शर्माको शब्द, संगीत तथा स्वर रहेको ‘अल्झिन्छ सम्झना, बिर्सन्छु भने नि बिर्सन्न’ बोलको गीत सार्वजनिक गरिएको छ ।
भाइराजा थापा, राजुकुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रविन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई लगायतको अभिनय रहेको छ ।
साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्र असार ८ गते प्रर्दशनमा आउने भएको छ ।
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
बाल सुधार गृह भक्तपुरमा झडप र आगजानी, १७० बालबालिका सुरक्षित
भक्तपुरस्थित बाल सुधार गृहमा बिहीबार राति बालकहरूबीच भएको विवाद उग्र बनेपछि झडप, तोडफोड र आगजानीको घटना भएको छ। घटनामा केही बालक घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीले बल प्रयोग गर्नुपरेको छ।