सीता दाहलको निधन
उनको पार्थिव शरीरलाई दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र श्रद्धाञ्जलीपछि आजै दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

कार्यक्रममा ‘मितिनी’ की अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यकको आन्दोलनमा मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको र राज्यले समुदायमाथि गरेको विभेद अन्त्यका लागि मिडिया परिवर्तनको संवाहक भएको बताइन् । कार्यक्रममा आमसंचारका वरिष्ठ व्यक्तित्वहरूले विज्ञका रूपमा सुझाव एवं सल्लाह प्रदान गरेका थिए । उनीहरूले समुदायको मुद्दामा मिडियाले निरन्तर खबरदारी गर्ने र त्यसका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथै समुदायलाई समेट्ने गरी शब्दावलीहरूको निर्देशिका तयार गर्नुपर्नेमा औंल्याएका थिए । संचारकर्मी आरती चटौतले सहजीकरण गरेको कार्यक्रममा ‘ग्लोबल फन्ड फर वुमन’ को आर्थिक सहयोग थियो ।