‘श्रृजनशील उद्यमी मेला–२०८१ शुरु
वाग्मती प्रदेशका सामाजिक विकाश मन्त्री हरीप्रभा खड्गी, मीस नेपाल वल्र्ड आस्मा कुमारी केसी, मीस नेपाल अर्थ सुमना केसी तथा मीस नेपाल इन्टरनेशनल करुण रावतले उद्यमी मेला संयुक्त रुपमा उद्घाटन गरे
कार्यक्रममा ‘मितिनी’ की अध्यक्ष लक्ष्मी घलानले यौनिक तथा लैंगिक अल्पसंख्यकको आन्दोलनमा मिडियाले महत्वपूर्ण भूमिका खेल्दै आएको र राज्यले समुदायमाथि गरेको विभेद अन्त्यका लागि मिडिया परिवर्तनको संवाहक भएको बताइन् । कार्यक्रममा आमसंचारका वरिष्ठ व्यक्तित्वहरूले विज्ञका रूपमा सुझाव एवं सल्लाह प्रदान गरेका थिए । उनीहरूले समुदायको मुद्दामा मिडियाले निरन्तर खबरदारी गर्ने र त्यसका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथै समुदायलाई समेट्ने गरी शब्दावलीहरूको निर्देशिका तयार गर्नुपर्नेमा औंल्याएका थिए । संचारकर्मी आरती चटौतले सहजीकरण गरेको कार्यक्रममा ‘ग्लोबल फन्ड फर वुमन’ को आर्थिक सहयोग थियो ।