Successfully Copied

गीतकार सरला श्रेष्ठका गीतहरू समावेश ‘शारदा’ को विशेषांक लोकार्पण

राजधानीमा आयोजित एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्वबल्लभ, साहित्यकार तथा पत्रकार विमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतका व्यक्तित्वले गीतकार सरला श्रेष्ठका हस्तलिपिमा रहेका गीतहरू समावेश ‘शारदा’ मासिक संयुक्त रुपमा लोकार्पण गरे ।



करिब साढे तीन दशकदेखि नेपाली साहित्यको क्षेत्रमा अनवरत रूपमा सक्रिय साहित्यकार, गीतकार तथा सर्जकका रूपमा परिचित छन्–सरला श्रेष्ठ । समाजसेवीका रूपमा समेत सक्रिय रह“दै आएकी गीतकार श्रेष्ठद्वारा विगतदेखि हालसम्म रचना गरिएका ५६ वटा गीत श्रेष्ठकै हस्तलिपिमा नेपालको ऐतिहासिक साहित्यिक मासिक पत्रिका ‘शारदा’ मा प्रकाशित गरिएका छन् ।
राजधानीमा आयोजित एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार एसपी कोइराला, कवि तथा गीतकार विश्वबल्लभ, साहित्यकार तथा पत्रकार विमल भौकाजी, गीतकार संघका अध्यक्ष वसन्त वित्यासी थापालगायतका व्यक्तित्वले गीतकार श्रेष्ठका हस्तलिपिमा रहेका गीतहरू समावेश ‘शारदा’ मासिक संयुक्त रुपमा लोकार्पण गरे ।
‘शारदा’ मासिक पत्रिकाको कात्तिक अंकलाई सरला श्रेष्ठका गीतहरूको विशेषांकका रूपमा प्रकाशित गरिएको हो । कात्तिक महिनाको ‘शारदा’ पत्रिकाको वर्ष १०, अंक ७, पूर्णांक ११५ मा सरला श्रेष्ठका ५६ वटा गीतहरु गीतकारको हस्तलिपिमा प्रकाशित भएका छन् ।
‘समारोहमा ‘शारदा’ मासिक पत्रिकाका प्रधान सम्पादक विमल भौकाजीले नेपालमा एकल सर्जकको हस्तलिपिमा कुनै पनि पत्रिकामा विशेषांक प्रकाशन गरेको यो पहिलो पटक भएको बताए ।
गीतकार सरला श्रेष्ठले ‘शारदा’ जस्तो ऐतिहासिक साहित्यिक पत्रिकामा आफ्नो हस्तलिपीमा एकल गीति विशेषांक प्रकाशित भएकोमा गौरव लागेको बताइन् ।
समारोहमा ‘शारदा’मासिकमा प्रकाशित आफ्ना केही विशेष गीतहरु वाचन गर्दै गीतकार श्रेष्ठले विदेशमा रह“दा सधैं देशलाई शिरमा राखेर हिडिरहेको बताइन् । समारोहमा ‘शारदा’मासिकमा प्रकाशित एउटा युगल गीत ‘ए मेरो मनको राजा’ को म्युजिक भिडियो पनि प्रीमियर गरिएको छ । गायक प्रमोद खरेल तथा गायिका अञ्जु पन्तको युगल स्वरको यो गीतलाई कीर्ति न्यौपानेले संगीतबद्ध गरेका छन् । उक्त गीतको म्युजिक भिडियो निर्देशन वरिष्ठ निर्देशक कृष्णदेव रूपाखेतीले गरेका हुन् । कुलेखानी क्षेत्रका रमणीय लोकेसनमा छायांकन गरिएको भिडियोमा अभिनेता पुष्प खड्का तथा अभिनेतृ गरिमा शर्माको जोडीलाई चित्रण गरिएको छ ।
यो गीतको संगीत संयोजक पुरुषोत्तम सुवेदी हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ, मिक्सिङ तथा माष्टरिङ किशोर थापाले गरेका छन् । मासिकपत्रिकाको लोकार्पण तथा म्युजिक भिडियोका प्रीमियर समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि कलाकार मदनकृष्ण श्रेष्ठले गीत रचनागर्नु आफैंमा जटिल कार्य भएको बताउ“दै गीतकार सरला श्रेष्ठको लेखन शैलीको प्रशंसा गरे ।
शारदा मासिकका सम्पादक विमल भौकाजीले श्रेष्ठका गीतहरुको समीक्षा गर्दै हरेक गीतको पछाडि एउटा कथा व्यक्त गर्न सक्नु गीतकारको शब्दमाथिको विजय भएको बताए ।

 Image