कालिङ्गा साहित्य महोत्सवमा अमोल पालेकर र सन्ध्यासँग बुद्धिसागरको संवाद
कार्यक्रमको दोस्रो दिन भदौ २९ गते भारतीय अभिनेता तथा निर्देशक अमोल पालेकर र उनकी पत्नी, लेखिका सन्ध्या गोखलेसँग नेपाली लेखक बुद्धिसागरले विशेष संवाद गर्नेछन् ।
पत्रकार शर्माले इला शर्माले गरेको मेहनत, संघर्ष र योगदान सबैका लागि प्रेरणाको स्रोत रहेको बताइन् । उहाँले देखेका जति सपना छन् ती नीति नियममार्फत परिवर्तन ल्याउन सके सच्चा श्रद्धासुमन हुनसक्ने पनि बताइन् । पुस्तकका सम्पादक डा चूडालले नेपाली महिलाको योगदान र इतिहास लिपिबद्ध गर्ने यो पुस्तक नेपाली नारी संघर्षको ज्वलन्त दस्तावेज भएको बताइन् । शर्माका स्मृतिहरूमा आधारित २५५ पृष्ठ लामो उक्त पुस्तक विभिन्न लेखको संकलन तथा संयोजन अमृता लम्सालले गरेकी थिइन् भने पुस्तक अक्षर क्रिएशन्सले बजारमा ल्याएको हो । प्रकाशक डा अर्चना थापाले यो पुस्तक इला शर्माले गरेको न्याय, निष्ठा, संघर्ष र समाजका लागि गरेको योगदानको स्मरण रहेको बताइन् । पूर्व निर्वाचन आयुक्त शर्माको मृत्यु २०८२ असार २८ मा भएको थियो ।