टुप्पी डोसा
काजुलाई घिउमा तार्ने र त्यसमा काटेको प्याज र टमाटर हालेर फ्राई गर्ने । त्यसपछि जिरा–धनियाँ एवं खुर्सानीको धूलो, नुन हालेर केही समय पकाउने र निकालेर सेलाउन दिने ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/_MMP6499-24072022034146.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2022/miscellaneous/_MMP6499-24072022034146.jpg&w=1000&height=600)
उर्मिला यादव
सामग्री ः चामल–एक किलो, चनाको दाल–दुई सय ग्राम, तोरीको तेल–पाँच सय ग्राम, सनफ्लावर तेल–दुई सय ग्राम, जिरा–दुई चम्चा, धूलो खुर्सानी–एक चम्चा, धनियाँ पाउडर–एक चम्चा, जिरा पाउडर–एक चम्चा, अदुवा–लसुनको पेस्ट–एक चम्चा, बेसार–एक चम्चा, नुन–स्वादअनुसार ।
विधि ः सबैभन्दा पहिले पानीलाई १५ मिनेटजति उमाल्ने, उम्लिएको पानी चामलको पिठोमा हालेर केही समय सेलाउन दिने । चनाको दाल प्रेसर कुकरमा हालेर तीन सिटी लगाउने र सेलाएपछि उसिनेको दालबाट पानी निकाल्ने । एउटा कराही तताउने, चार चम्चाजति तेल हालेर जिरालाई फुराउने, त्यसमा लसुन–अदुवाको पेस्ट हालेर पकाउने । त्यसमा उसिनेको दाल र सबै मसला हालेर मिक्स गर्ने । त्यसपछि मुछेर अलिक नरम बनाउने । अब तातोपानी हालेर सेलाएको पिठोलाई मुछ्ने । त्यसबाट साना–साना डल्ला बनाउने र हातले कचौराको आकार दि“दै मिक्स गरिएको दालले फिलिङ गरेपछि त्यसको मुख बन्द गरी दुवै हातमा तेल लगाई त्यो पिठोलाई थपथपाउँदै सानो र गोलो रोटी आकार दिने । कराहीमा तोरीको तेल र सनफ्लाबर तेल दुवैलाई मिक्स गरी तताउने । पूरै तातेपछि त्यसमा दाल भरिएको काँचो रोटी राखेर रातो हुने गरी उल्टाइ–पल्टाइ पकाउने । चामल पिठोको दालपुरी तयार भएपछि मिक्स तरकारी वा चामलको खीरसँग खान सकिन्छ । यो असाध्यै स्वादिष्ट हुन्छ ।