‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले मनायो पहिलो वार्षिकोत्सव
दरबारमार्गस्थित ‘द ब्ल्याक गोल्ड’ हलाल रेस्टुराँले पहिलो वार्षिकोत्सव मनाएको छ । अरेबियन परिकारका लागि चर्चित ‘द ब्ल्याक गोल्ड’ ले पहिलो वार्षिकोत्सवसँगै केही नयाँ परिकार ल्याएको छ ।
सामग्री : मैदाको पिठो–९० ग्राम, दूध–३० मिलिलिटर, पानी–२० मिलिलिटर, अण्डा–२० मिलिलिटर, स्वादअनुसार नुन, चिनी–१० ग्राम, घिउ–१० मिलिलिटर ।
टपिङका लागि : हड्डी नभएको कुखुराको मासु–१०० ग्राम, अदुवा–२० ग्राम र लसुनको पेस्ट, खुर्सानीको धूलो–५ ग्राम, गरम मसला–५ ग्राम, धनियाँ–१० ग्राम र जिराको पाउडर, तोरीको तेल–२० मिलिलिटर, घिउ–२० मिलिलिटर, प्याज–२० ग्राम, भेंडेखुर्सानी–२० ग्राम, कागतीको रस–५ मिलिलिटर, चाट मसला–५ ग्राम, टोम्याटो केचप र स्वादअनुसार नुन ।
विधि : मैदाको पिठोमा माथिका सबै सामग्री राखेर मुछेपछि एक घन्टा छोपेर राख्ने । त्यसपछि कुखुराको मासुलाई मेरिनेट गरेर एक घन्टाका लागि छाडिदिने । मेरिनेट गरेको मासुलाई ग्रिल्ड गर्ने । मैदालाई लच्छा बनाएर आधा घन्टापछि बेल्ने । ताबामा घिउ राखेर पकाउने । त्यसमाथि तयार पारेको सामग्री राखेर फोल्ड गर्ने र बटर पेपरमा फोल्ड गरी सर्भ गर्ने ।
- गणेश विष्ट
सेफ, बाबर्ची रेस्ट्रो, बबरमहल