ग्रिल्ड चिकेन
विधि : कटपिस चिकेनलाई ओलिभ आयल, मस्टर्ड पेस्ट, मरिचको धूलो, नुन, इटालियन हर्ब्सलगायतका सामग्री हालेर मोल्ने । १० मिनेटजति छाडिदिने ।

गणेश विष्ट
सेफ, बाबर्ची रेस्ट्रो, बबरमहल
सामग्री : मटन लेग–३०० ग्राम, स्लाइस गरेको प्याज–३०० ग्राम, अदुवा–लसुनको पेस्ट–एक टेबल चम्चा, घिउ–दुई चिया चम्चा, प्याज–२० ग्राम, पुदिना–२० ग्राम, धनियाँका पात–केही, सेफरन–एक चिया चम्चा, गुलाबजल–१० मिलिलिटर, केवरा वाटर–१० मिलिलिटर, तेजपत्ता–५ ग्राम, मरिचको धूलो, जाइपत्री, स्टार फूल, दालचिनी, ल्वाङ, सुकुमेल, शाही जिरा, बेसार, नुन, जिरा–४० ग्राम र धनियाँको धूलो, गरम मसला–२० ग्राम, स्टक वाटर–२०० मिलिलिटर, सादा दही–५० मिलिलिटर, १५० ग्राम राइस ।
विधि : मासुलाई सफा पानीले धुने । त्यसमा अदुवा–लसुनको पेस्ट, मसला हालेर मेरिनेट गर्ने । कराहीमा तेल तताएर प्याज ब्राउन हुन्जेलसम्म भुट्ने । मेरिनेट गरेको मासुलाई माथि तयार पारेको तेजपत्ता, मरिचको धूलो, जाइपत्री, स्टार फूल, दालचिनी, ल्वाङ, सुकुमेल, बेसार, नुन हालेर भुट्ने । हल्का भुटेपछि स्टक वाटर राखेर एकछिन पकाउने । त्यसपछि जिरा–धनियाँको धूलो, गरम मसला, खुर्सानी, नुन, मरिचको धूलो आदि हाल्ने । मासु पाकेपछि दही, धनियाँ र पुदिनाका पात राखी त्यसमाथि १५० ग्राम राइस राख्ने, गुलाबजल, सेफरन, घिउ, हालेर छोप्ने । बिर्कोमा वरिपरि पिठो लगाएर ३ मिनेटसम्म छोप्ने । त्यसमाथि फ्राई गरेको प्याज राखेर सर्भ गर्ने ।