Successfully Copied

यसरी बनाउनुहोस् चिकेन झोल म:म

तेलमा लसुन फुराएर बदाम, गोलभेंडा, तिल, धनियाँ धूलो, नुन राखेर पकाउने र धनियाँ छर्किने । त्यसपछि मिक्सरमा पिसेर पुन: पकाई तयारी म:मलाई हाल्ने । यसरी जाडोमा तातो झोल म:मको मज्जा घरमै लिन सकिन्छ ।

सामग्री : गोलभेंडा १ सय ग्राम, लसुन १० ग्राम, नुन स्वादअनुसार, जिरा पाउडर, तिल १० ग्राम, बदाम २० ग्राम, हरियो धनियाँ ।

विधि : तेलमा लसुन फुराएर बदाम, गोलभेंडा, तिल, धनियाँ धूलो, नुन राखेर पकाउने र धनियाँ छर्किने । त्यसपछि मिक्सरमा पिसेर पुन: पकाई तयारी म:मलाई हाल्ने । यसरी जाडोमा तातो झोल म:मको मज्जा घरमै लिन सकिन्छ ।

क्यारोट पम्किन सुप

सामग्री : गाजर २० ग्राम, फर्सी २ सय ग्राम, काटेको लसुन २० ग्राम, ओलिभ आयल २० मिलिलिटर, नुन र सेतो मरिचको धूलो स्वादअनुसार ।

विधि : फर्सी र गाजरलाई मसिनो गरी काटेर उसिन्ने । पाकेपछि मिक्सरमा ब्लेन्ड गर्ने । एउटा प्यानमा ओलिभ ओयलमा लसुन हालेर गाजर र फर्सीको पेस्टसँगै नुन र मरिच हालेर एकछिन उमाल्ने । यो सुप जाडो समयका लागि एकदमै पोषिलो र स्वादिलो हुन्छ ।

 

 Image